बिओकेले काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जाको अगुवाइ गर्ने

  २०७६ माघ १५ गते १८:३६     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जाको अगुवाइ गर्ने भएको छ । सो सम्बन्धी बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविद्युत विकास कम्पनीबीच माघ १५ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । अरुण भ्याली जलविद्युत विकास कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण कार्य गरीरहेको छ । बैंक अफ काठमाण्डूको अगुवाइ रहेकोे उक्त सहवित्तीयकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक रहेको छ ।

अरुण भ्याली जलविद्युत विकास कम्पनीले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेकोे पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरीसकेको छ । उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डूले नै सहवित्तीयकरण कर्जाको अगुवाइ गरेको थियो । उक्त पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०६० असोज १ गतेदेखि नै सञ्चालनमा आईसकेको छ । उक्त आयोजनामा रहेको बैंकको सहवित्तीयकरण कर्जाको भुक्तानी भई कर्जा चुक्ता भइसकेको छ ।

साथै, यस सहवित्तीयकरण कर्जा पश्चात् यस काबेली बी वान कास्केड जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समय सिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.