महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

  २०७६ माघ १५ गते १८:०८     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएकाे छ । माघ १२ देखि १४ गतेसम्म भएकाे उक्त सम्मेलनमा ७५ जनाको सहभागिता रहेको थियो।

‘प्रत्येक घरमा-एउटा जीवन बीमा’ नाराका साथ संचालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा उपशाखाको ६ महिनाको प्रगति समिक्षा, गुणस्तरिय व्यापारको लागि अपनाउनु पर्ने रणनीति र कार्यक्रम तथा गाउँगाउँमा, घर घरमा बीमा सम्बन्धि जनचेतना जगाउन ‘प्रत्येक घरमा-एउटा जीवन बीमा’कार्यक्रम माथि छलफल गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन अण्डरराईटिङ, विभिन्न पोलिसीहरु र एजेन्सी सम्बन्धी १दिने तालिम संचालन गरिएको थियो । सम्मेलनको उद्घाटन तथा समिक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । तालिम तथा कम्पनीको रणनीति बारेमा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलाले प्रकाश पारेका थिए। कार्यक्रमको संचालन एजेन्सी प्रमुख सिताराम धिमालले गरेका हुन् ।

२०७५ माघ २७ गतेबाट कारोबार संचालन गरेको कान्छो जीवन बीमा कम्पनीले एक वर्षभन्दा कम अवधिमा ६० वटा शाखा/उपशाखा संचालन, ६५ जिल्लामा जनचेतना कार्यक्रम सम्पन्न, ६ हजार भन्दा बढी अभिकर्ता इजाजत स्वीकृति, ९ वटा बीमा प्रोडक्ट घोषणा गरि कुल ५३ करोड भन्दा बढीको व्यवसाय गर्न सफल भएको छ । कम्पनीले जीवन बीमाको विभिन्न क्षेत्रमा २ वर्षमा नयाँ कम्पनी मध्ये र ५ वर्ष भित्र सबै जीवन बीमा कम्पनीलाई नेतृत्व गर्ने गरी अग्रणी स्थान बनाउने सम्मेलनमा घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.