हेटौडा सहिद स्मारकलाई कृषि विकास बैंककाे सहयोग

  २०७६ माघ १५ गते १५:०३     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले मकवानपुर हेटौडास्थित शहिद स्मारकलाई सहयोग गरेको छ । पार्कभित्र पर्यटकहरुलाई सूचना प्रवाह गर्ने प्रयोजनका लागि निर्माण गरिएको पर्यटन सूचना केन्द्र (नमस्ते सेन्टर) का लागि भिजिट नेपाल २०२० सचिवालय र प्रदेश सरकारसँगको सहकार्यमा ९ लाख ५० हजार रुपैयाँ खर्च गरी प्रत्यक्ष सहयोग पुर्याएको छ ।

पर्यटक तथा आगन्तुकको सुविधालाई ध्यानमा राखी सोही नमस्ते सेन्टर रहेको परिसरमा बैकले आफ्नो नयां एटिएम मेसिन समेत राखी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायबाट मंगलबार संयुक्त रुपमा उद्घाटन गरेको हो ।

उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम, कृषि विकास बैंक शाखा व्यवस्थापन विभागका विभागिय प्रमुख अजय रिमाल, प्रदेश कार्यालय वीरेन्दनगरका निर्देशक जगदिश्वर पन्थी र शाखा कार्यालय हेटौडाका प्रबन्धक रामप्रसाद गजुरेलको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.