मनराम फाउण्डेसनद्वारा पुस्तकालय तथा पुरस्कार हस्तान्तरण

  २०७६ माघ १५ गते १०:०५     विकासन्युज

काठमाडौ । मनराम फाउण्डेसनको नवौं स्थापना दिवस सम्पन्न भएको छ । यस वर्ष विकट जिल्लाका २१ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । काठमाण्डौंमा भएको कार्यक्रमको प्रमुख अतिथी अमेरिकी राजदुत र्यान्डी बेरीले विद्यालयका प्रतिनिधिलाई पुस्तकालय हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै राजदुत र्यान्डी वेरीले अमेरिकन कम्पनी हिमालयन कर्पोरेसनले नेपाली समाजको शैक्षिक स्तर सुधार गर्न खेलेको भुमिकाको प्रशंसा गर्दै आफ्नो पनि पृष्ठभूमि शिक्षण पेशा नै रहेको र समाज रुपान्तरणमा शिक्षाको महत्व कति हुन्छ भन्ने आफूलाई व्यवहारिक ज्ञान रहेको बताए ।

कर्पोरेसनले नेपालको ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तारमा खेलेको योगदानमा अमेरिकी जनता र सरकारको सहयोग रहने समेत बताएका छन् । नेपालको ग्रामीण क्षेत्रमा पुस्तकालय स्थापना गर्न पाउँदा कर्पोरेसन गौरव गर्दछ भन्दै हिमालयन कर्पोरेसनका अध्यक्ष सुजन कुमार श्रेष्ठले सिइओ सुमन श्रेष्ठले घोषणा गरेको एक प्याकेट डगच्यु एक विद्यार्थी अभियान अन्तरगत संकलित रकमको सहयोगले आज यो सम्भव रहेको बताए ।

फाउण्डेसनले नौ वर्षको अवधिमा मुलुकका सबै जिल्लामा लाइवेरी पुर्याई सकेको छ । १५४ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापनका साथै संखुवासभाका कक्षा पाँच सम्मका विद्यार्थीलाई निःशुल्क कपी कलम,कम्प्युटर समेत सहयोग गरी सात करोड भन्दा बढीको सहयोग गरिसकेको समेत उनले जानकारी दिएका थिए । सोही कार्यक्रममा मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७६ बाट संखुवासभामा रही पत्रकारिता गरिरहेका कृष्णराज शाक्य पुरस्कृत गरिएको थियो ।

मनराम फाउण्डेशन र संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)द्वारा स्थापित पुरस्कार सोमबार राजधानीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र मनराम फाउण्डेशनकी संरक्षक मनमाया श्रेष्ठले संयुक्त रुपमा पत्रकार शाक्यलाई हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.