टिएनटि १५० आईः बेनेलीको मोडर्न फिचर्स सहितको प्रिमियम लुकिङ्ग बाइक

  २०७६ माघ १४ गते १८:५८     विकासन्युज

काठमाडाैं । ‘बेनेली टिएनटि १५० आई’ मोडर्न फिचरहरु भएको प्रिमियम लुकिङ्ग मोटरसाइकल हो जसको डिजाइन बेनेलीकै अर्को मोडेल ‘टिएनटि ३०० आई’ सँग मिल्दोजुल्दो रहेको छ । यस बाइकमा रहेको रातो रङ्गको फ्रेमले बाइकलाई आकर्षक बनाएको छ । टिएनटि १५० आई मा हेलोजेन हेडलाइट, एलइडि ब्याकलाइट, एलइडि साइड इन्डिकेटर्स, एलइडि डिआरएल्स, फुल-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल लगायतका फिचरहरु दिइएका छन् ।

यस बाइकमा प्रयोग भएको इञ्जिन १४९.५ सीसी सिङ्गल-सिलिण्डर, लिक्विड-कुल्ड, ४-स्ट्रोक, ४-भल्व एफआई इञ्जिन हो । कम्पनीका अनुसार यो इञ्जिनले ९.५ किलोवाटको पावर र ९.५ एनएमकै टर्क प्रोड्युस गर्छ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स र वेट क्लच पनि दिइएको छ ।

१३.५ लिटरको फ्युल ट्याङ्क क्यापासिटि रहेको यस बाइकले दिने माइलेज ५० केएमपीएलको हाराहारी रहेको छ । फ्रन्टमा अपसाइड-डाउन फर्क र रियरमा मोनोशक दिइएको टिएनटि १५० आई को अगाडिको चक्कामा डुअल पिस्टन क्यालिपर डिस्क ब्रेक र पछाडिको चक्कामा भने सिङ्गल पिस्टन क्यालिपर डिस्क ब्रेक दिइएको छ । त्यसैगरी १४४ के.जी. कर्ब वेट भएको यस बाइकको ग्राउण्ड क्लियरेन्स चाहिँ १९० मिलिमिटर छ ।

बेनेली मोटरसाइकल्सको नेपालका लागि आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि.ले नेपाली बजारमा तीन लाख १५ हजार रुपैयाँ मूल्य तोकेर बिक्रीवितरण गर्दै आइरहेको सो मोटरसाइकल १५० सीसीको एउटा बहुप्रतिक्षित नेकेड मोटरसाइकल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.