कृषि क्षेत्रमा आश देख्नेका लागि निराश बनाउँदिन, यो मेरो बाचा भयो– कृषिमन्त्री भूसाल

  २०७६ माघ १४ गते १८:४६     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपन्छी  विकास  मन्त्री घनश्याम भुसाललेे कृषि क्षेत्रमा अवसर  तथा आश चाहनेहरूलाई आफूले निराश नबनाउने बताएका छन् । मंगलबार  मन्त्रालयमा  पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सो कुरा बताएका हुन् ।

समग्र कृषि क्षेत्रका समस्यालाई समाधान  गरेर अगाडि बढ्ने उनको भनाई छ ।

‘कृषि क्षेत्रमा धेरै समस्या छन्, म अझैं बुझ्दै छु, यस क्षेत्रमा देखेका सयौं सपनाहरुलाई साकार पार्ने छु,’ उनले भने ।

भूसालले कृषिमा उत्पादन र उत्पादकत्व बढाउन तत्पर भएको धारणा राखे । उनी झन्डै दुई महिनादेखि कृषि मन्त्रालय सम्हालिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.