कैलाश विकास बैंकले कर्णाली प्रदेशका विद्यार्थीलाई दियो छात्रवृत्ति

  २०७६ माघ १४ गते १८:४८     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकले कर्णाली प्रदेशको कालीकोट जिल्लाका सामुदायीक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालीकोटको पहलमा कालीकोट जिल्लाका सामुदायीक विद्यालयहरुबाट एस.ई.ई परीक्षामा उत्कृष्ट अंक ल्याएका गरिब, जेहन्दार, आर्थिक अवस्था दयनिय भएका र आगलागी पीडित परिवारका केही विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रवृत्ती प्रदान गरेको हो । यसबाट पैसाको अभावले उच्च शिक्षा अध्ययनबाट वञ्चीत हुनु पर्ने अवस्थाका विद्यार्थीलाई केही मात्रामा भए पनि सहयोग हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

१०२ शाखा र ४० वटा एटिएम मार्फत देशभरी वित्तीय सेवा विस्तार गरेको बैकको चुक्ता पुँजी झण्डै तीन अर्बको हाराहारीमा पुगेको छ । यस बैंकले हालसम्म ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । अब केही दिनमै प्राईम कमर्सियल बैंकसँग एकिकृत कारोवारको तयारीमा रहेको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोवाईल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, शेयर लगानीकर्ताहरुको लागि सि-आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.