पर्यटन बाेर्डकाे सीईओमा धनञ्जय रेग्मी नियुक्त

  २०७६ माघ १४ गते १८:२६     विकासन्युज

काठमाडाैं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले रेग्मीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

बोर्डले सिइओ छनोट उपसमितिले सिफारिस गरेका ३ जनाको नामबाट रेग्मीलाई ४ वर्ष कार्यकालका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको छ। छनोट उपसमितिले माघ ५ मा नयाँ सिइओका लागि सिफारिस गरेका ३ जना उम्मेदवारको नाममा एकमत नभएपछि विवाद सुरु भएको थियो।

तर, पर्यटन नियमावली २०५५ र सिइओ छनोट कार्यविधि मिच्न चलखेल सुरु भएसँगै छनोट उपसमिति सदस्यहरूले चेतावनीसमेत दिँदै आएका थिए।

छनोट उपसमितिले नयाँ सीईओका लागि आवदेन दिएका १७ जनाबाट ९ जनाको नाम सर्ट लिस्ट गरी धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम नेपाल पर्यटन बोर्डको सञ्चालन समितिमा रिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.