सिभिल बैंकको थप शाखा पोखराको शिवचोकमा

  २०७६ माघ १४ गते १८:०५     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक-१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन् ।

उद्घाटन कार्यक्रमका प्रमुखअतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बैंकको उपस्थिति बिना “समृद्ध नेपाल, सुखी नेपाली” हुन नसक्ने र शिवचोक शाखाले यस क्षेत्रको वित्तीय गतिविधिलाई बढावा दिने विश्वास व्यक्त गरेका छन् ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले आफ्ना बचतकर्ताहरु तथा उद्योगी, व्यवसायी, ग्राहकहरुको बैंकिङ आवश्यकतालाई केन्द्रविन्दुमा राख्ने बताएका छन् । साथै, आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने उनले बताए ।

सिभिल बैंकले ५२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस बैंकको गण्डकी प्रदेशमा यस शाखा समेत गरी १२ शाखा तथा नेपालभर कुल शाखा संख्या १०३ पुगेकोे बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.