निर्माण व्यवसायीहरु बिना समृद्ध मुलुक बनाउन नसकिनेः उप-प्रधानमन्त्री पोखरेल

  २०७६ माघ १४ गते १७:४१     विकासन्युज

काठमाडौं । उप-प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले निर्माण व्यवसायीहरुको रचनात्मक सहयोग बिना समृद्ध मुलुक बनाउन नसकिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसंग मंगलबार भएको भेटमा मन्त्री पोखरेलले व्यवसायीहरुका समस्यहरु समाधानका लागि पहल गर्ने बताए ।

महासंघको २१ औ साधारणसभाको भक्तपुर घोषणा पत्र बुझ्दै उप-प्रधानमन्त्री पोखरेलले व्यवसायीहरुका मागका विषयमा मन्त्रीपरिषद्मा छलफल गरिने जानकारी दिए । भेटमा महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका समस्या समाधानका लागिपहल गरिदिन अनुरोध गरेको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले महासंघको २१ र्औ साधारण सभाबाट पारित भएको ३१ बुँदे घोषणा पत्र तथा निर्माण व्यवसायीहरुको वर्तमान समस्यहरुको बारेमा जनाकारी गराएको थियो । उक्त घोषणा पत्रमा समेत रहेको सार्वजनिक खरिद ऐन २०६३ को दफा १० (५) लाई संशोधन गरी रु. २ करोडको सट्टा रु. ५ करोड सम्मको निर्माण कार्य खरिदमा कुनैपनि योग्यता नराखी जुनसुकै निर्माण व्यवसायीले भाग लिन पाउनु पर्ने तर २ करोडभन्दा माथिको ५ करोड सम्मको निर्माण कार्यको लागि पाँच वर्ष पुरानो कम्पनीले र सम्बन्धित जिल्लाका कम्पनीले मात्र भाग लिन पाउने गरी बढीमा तीन वटा प्याकेजसम्मको निर्माण कार्य गर्न मिल्नेव्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेको थियो ।

“विगत ३-४ महिनाको अवधिमा व्यवसायीका करीब २० करोड भन्दा बढीको उपकरणमा आगजनी गरिएको छ” सो को सुरक्षाको लागि सम्बन्धीत निकायहरुमा पहल गरिदिन अध्यक्ष सिंहले आग्रह गरेका थिए ।

प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा, सल्लाहकार जयराम लामिछाने, उपाध्यक्ष आङ दोर्रजी लामा (ए.डी.), महासचिव रोशन दाहाल, उप-महासचिव टंकप्रसाद चौलागाई (नीतिगत), केन्द्रीय सदस्य उज्वल गौतम महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.