बाउन्स चेक भुक्तानी गर्न लगाउने राजेन्द्र बुढाथोकीलाई १५ दिन कैद, ५ लाख जरिवाना

  २०७६ माघ १४ गते १६:४८     विकासन्युज

काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका वडा नं १ का राजेन्द्र बुढाथोकीलाई बाउन्स चेक भुक्तानी गर्न लगाएको आरोपमा १५ दिन कैद र ५ लाख जरिवाना गरिएको छ । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्धामा उक्त जरिवाना गर्ने फैसला गरेको हो ।

अदालतले उनलाई असोजमा जरिवना गर्ने फैसला गरे पनि उनी फरार रहेका थिए । तर केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सोमबार ओखलढुङ्गाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई कैद भुक्तानको लागि मंगलबार केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ ।

पीडित मधु बुढाथोकीको जाहेरीले उनी बैंकिङ कसुरमा कारागर चलान भएका हुन् । उनले पीडित बुढाथोकीलाई व्यवसायको लागि रकम आवश्यक पर्यो भने ५ लाख रुपैयाँ ऋण मागेका थिए । तर, उनले पटकपटक आलटाल गरी रकम फिर्ता नगरेको बुझिएको छ । उनले पीडित बुढाथोकीलाई बैंक अफ काठमाण्डूको आफ्नो खातामा भुक्तानी लिनु भनी चेक दिएको तर उक्त चेक सटही नभएपछि पीडित बुढाथोकीले कारवाहीका लागि उजुरी गरेका थिए ।

हाल उनी काठमाडौं महानगरपालिकाको वडा नं २६मा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.