‘राष्ट्रिय ललितकला प्रदर्शनी’ वैशाखमा हुँदै, ललितकर्मीले फागुन १४ गतेभित्र कलाकृति बुझाइसक्नु पर्ने

  २०७६ माघ १४ गते १४:२६     विकासन्युज

काठमाडौं । आगामी बैशाख २ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०७७’ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठानको आयोजना हुन लागेको उक्त प्रदर्शनीमा नेपालभरिका ललितकलाकर्मीको सहभागिता रहनेछ ।

‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०७७’ मा सहभागि हुने ललितकलाकर्मीले फागुन १४ गतेभित्र प्रतिष्ठानको कार्यालय नक्सालमा कलाकृति बुझाउनु पर्ने छ ।

प्रदर्शनीमा ७ विधाका ललितकलाकर्मीे सहभागिता हुन सक्छन् । परम्परागत चित्रकला, आधुनिक चित्रकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा सिर्जनात्मक कलाका विधा अन्तर्गतमा कलाकृति प्रदर्शनीमा राखिने छन् ।

प्रत्येक विधाका १/१जनाको दरले ६० हजार रुपैयाँ राष्ट्रिय ललितकला पुरस्कार स्वरुप प्रदान गरिनेछ । त्यस्तै विशेष पुरस्कारका लागि दुई जनाको दरले २५ हजार रुपैयाँ दिइने व्यवस्था आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.