स्पर्स लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

  २०७६ माघ १२ गते १९:०४     विकासन्युज

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/२०७७ को अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । माघ १० गते सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए ।

कार्यक्रममा शाखा प्रवन्धकहरुले यस आ.व को दोस्रो त्रैमाससम्म कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित २६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी, लघुवित्तको थर्पु शाखाले सदस्यहरुको लागि आधारभुत तीन दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न गरेको छ । तनँहुको म्याग्दे गा.पा- ४ घुम्तीमा माघ ७ गते देखि शुरु भई ९ गते समापन भएको भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको २५ वटा केन्द्रका २५ जना सदस्यहरु सहभागी भएका थिए । तालिममा डल/कुशन लगायतका सामग्रीहरु बनाउन सिकाइएको थियो । कार्यक्रममा रविना रिजालले प्रशिक्षकको भुमिका निर्वाह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.