टिभिएसको फुल चार्जमा ७५ किलोमिटर माइलेज दिने इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता

  २०७६ माघ १२ गते १८:४५     विकासन्युज

काठमाडाैं । टिभिएसले ‘आइक्यूव’ नामक इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गरेको छ । भारतिय बजारमा १ लाख १५ हजार रुपैयाँ तोकिएको सो स्कुटर टिभिएसको पहिलो इलेक्ट्रिक उत्पादन बन्न पुगेको छ । केहि दिन अघिमात्र कम्पनीले आफ्नो सामाजिक सञ्जाल पेजबाट टिजर मार्फत् यस स्कुटरको एक झलक देखाएको थियो ।

यस स्कुटरमा फुल–एलईडी लाइटिङ्ग, फुल-डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, टिभिएसको स्मार्टकनेक्ट टेक्नोलोजी लगायतका मोडर्न फिचरहरु समावेश गरिएको छ । स्मार्टकनेक्ट टेक्नोलोजी मार्फत् चालकले आफ्नो स्मार्टफोनलाई स्कुटरको इन्स्ट्रुमेन्ट क्लष्टरमा कनेक्ट गर्न सक्दछ । त्यसैगरी आइक्यूवमा लोकेशन देखाउनमा मद्दत पुर्याउने जियो-फेन्सिङ्ग, नेभिगेसन एसिस्ट, ओभर-स्पिड अलर्ट, लास्ट पार्क लोकेशन र इन्कमिङ्ग कल तथा म्यासेज अलर्ट्स देखिने डिस्प्ले लगायतका विशेषता पनि समावेश छन् । आइक्यूवको डिस्प्लेमा राम्रो भिजिविलिटीका लागि रात र दिनमा आफैं एड्जस्ट हुने गरेर लाइटिङ्ग मिलाइएको छ ।

आइक्यूवमा ४.४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले स्कुटरलाई ७८ केएमपीएचको उच्चतम् गति प्रदान गर्न सक्दछ । त्यसैगरी यसमा रहेको २.२५ किलोवाटआवर लिथियम-आयन ब्याट्रीले फुल चार्जमा ७५ किलोमिटरको यात्रा तय गर्न सक्दछ । टिभिएसले यस स्कुटरको खरिदमा ५ एम्पियरको एउटा चार्जर पनि प्रदान गर्नेछ जसमार्फत् यस स्कुटरलाई चार्ज गर्न सकिन्छ । आइक्यूवमा इकोनोमी र पावर गरी दुइओटा राइडिङ्ग मोडहरु प्रदान गरिएको छ ।

अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक जडित यस स्कुटरमा सस्पेन्सनको काम टेलिस्कपिक फर्क र डुअल शक एब्जर्बर्सले गर्दछन् ।

बजाजले पनि आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘चेतक’ लाई केहि दिन अघि भारतमा सार्वजनिक गरेको थियो जसको मूल्य पनि १ लाख १५ हजार रुपैयाँ नै तोकिएको थियो । हाल आइक्यूव चेतकको एउटा कडा प्रतिष्पर्धीको रुपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.