आगामी माघ १७ गतेदेखि चौथो प्राङ्गारिक कृषि मेला, एक करोडको कारोबार हुने अनुमान

  २०७६ माघ १२ गते १८:२२     विकासन्युज

काठमाडौं । ललितपुरमा आगामी माघ १७ गतेदेखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला शुरु हुने भएको छ । अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा पाटन संग्राहलय हुने उक्त मेलामा ५० भन्दा बढी स्टल राखिनेछ ।

चार दिनसम्म चल्ने सो मेला मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले गर्ने भएका छन् । गरिने भएको छ ।
मेलाको सह–आयोजकका रुपमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सांग्रिला एग्रो वल्र्ड प्रा.ली. र बाँस्कोटा ग्रुप अफ ईण्डष्ट्रिज प्रा.ली. रहेका छन् ।

कार्यक्रममा बोल्दै मेलाकी संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा ५० भन्दा बढि स्टलहरु रहने जानकारी दिईन् । उनकाअनुसार त्यस सम्बन्धमा नेपालभित्र विभिन्न स्थानका अर्गानिक उत्पादक व्यवसायीहरुसँग समन्वय गरेकाे बताइन् ।

कार्यक्रममा पूर्वमन्त्री समेत रहेका अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले पनि मेलाको बारेमा प्रकाश पारेका थिए । उनले नेपालको पूरानो वैदिक कृषि प्रणाली नै अहिलेको प्राङ्गारिक कृषि प्रणाली रहेको स्पष्ट पारे । उनले भने,‘नेपाल सरकारले कृषि मन्त्रालयको तर्फबाट प्रत्यक्ष रुपमा किसान तथा कृषकहरुलाई लाभ हुनेगरि नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।’
आयोजक संस्थाका अनुसार उक्त मेलाको मुख्य उद्देश्यमा नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा ल्याउने रहेको छ ।

मेलाका लागि ३० लाख खर्च हुने र १ करोड कारोबार हुने अनुमान मेला आयोजक समितिले गरेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.