अजोड इन्स्योरेन्सको सेयर निष्काशन तथा प्रत्याभूतिमा ग्लोबल आईएमई र कुमारी क्यापिटल

  २०७६ माघ १२ गते १७:५२     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर निष्काशन तथा प्रत्याभूतिमा दुई क्यापिटल नियुक्त भएका छन् । इन्स्योरेन्सले माघ १२ गते ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटललाई सेयर निष्काशन तथा प्रत्याभूतिमा नियुक्त गरेको हो ।

सो सम्बन्धि अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभुतिकर्ता नियुक्ती सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.