कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम: विज्ञानको एउटा विषय छाड्नै पर्ने

  २०७६ माघ १२ गते १६:०३     राजाराम न्यौपाने

काठमाडौं । कक्षा ११ र १२ नयाँ पाठ्यक्रमले अन्योलत बढाउँदै गएको छ । यसभन्दा अगाडिको  विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले बायोलोजी, फिजिक्स, केमेस्ट्री र एउटा गणित अध्ययन गर्दै आएका थिए ।

नयाँ आएको पाठ्यक्रममा बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय छाडेर गणित पढ्नु पर्ने छ । यसअघि नो क्रेडिटमा मात्रै गणित विषय समावेश गराउने भएपछि विरोध शुरु भएको थियो । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने भने पछि जनस्तरबाट विरोधको आवाज चर्किन थालेको थियो । जनस्तरको विरोधको सामाना गरिरहेको पाठ्यक्रम विकास केन्द्रले सर्वाजनिक गरेको नयाँ पाठ्यक्रमबाट विज्ञानको एउटा विषय अध्ययन गर्नै नसकिने बनाइएको विज्ञहरु बताउछन् ।

नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभाग उपप्राध्यापक डा. जीवन काफ्लेले विज्ञानका विषयहरु बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय विद्यार्थीहरुले पढ्न नपाउने नयाँ पाठ्यक्रम आएको छ । देशले प्रविधिलाई प्रथामीक्ता दिएर जानु पर्ने ठाउँमा एउटा विषय पढ्नै नपाउने गरेर आएको पाठ्यक्रमले विद्यार्थी र देशको प्रविधिमाथि नै प्रहार गरेको बताए ।

प्रविधिको समयमा विज्ञान तथा प्रविधिको आधार स्तम्भको रुपमा रहेको विज्ञानका विषयहरुलाई उच्च महत्व दिनु पर्नेमा आज विपरीत दिशातिर फर्कन लागेको अनुभव आफुले महशुस गरेको बताए ।

‘अबको पाठ्यक्रम विज्ञान, प्रविधिमैत्री भएमा मात्र हामी विकासको सहि मार्ग पहिल्याउन सक्छौं, विज्ञान र गणितबिना विद्यार्थीहरुको जीवन अन्धकार हुन्छ ।’ उनले भने- ‘आज विश्वका धेरै देशहरुले पाठ्यक्रमको नविनतम धारणा अन्तर्गतमा जोड दिएका छन्, जसले गर्दा उनीहरु आर्थिक विकास तथा समृद्धिमा फड्को मारिरहेका छन ।यसलाई सकारात्मक शिक्षाको रुपमा हामीले लिनु पर्दछ, अन्यथा २१ औं शताब्दीमा ज्ञान, विज्ञान तथा प्रविधिक जनशक्तिको खाँचो राज्यले गरिरहने तर हामी भने देश तथा विदेशमा बिक्न नसक्ने जनशक्ति उत्पादन गरिरहने छौं । यसको बारेमा राज्यलाई ध्यानाकर्षण गराउँदा पनि बेव्यवस्था गरेको काफ्लेको भनाइ छ ।’

पाठ्क्रम विकास केन्द्रका निर्देशक लेखनाथ पौडेलले विषय घटायर गणित विषय राखेको बताए । ५ वटा विषयको ठाउँका ७ वटा विषय हुन जाने बताए ।

विज्ञान विषयबाट गणित हटाउन पहल गर्दागदै विज्ञानकै एउटा विषय गायब

विज्ञान विषयबाट गणित विषय हटाउने भने पछि, त्यसको विरोध भएको थियो । विज्ञान विषयको भाषा नै गणित हो । बिना भाषाको सिकाईको कल्पनानै गर्न सकिँदैन, गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो भन्दै विराध भएको थियो । तर बायोलोजी, फिजिक्स र केमेस्ट्री मध्ये एउटा विषय छाडनु पर्ने भएको छ । पहिले विज्ञानमा गणित चहिन्छ भन्नेहरु अब विज्ञान नै अपुरो हुने बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.