एमबीबीएस पढ्न नेपालमाभन्दा विदेशमा ५० प्रतिशत सस्तो: पुष्पराज भट्टराई

  २०७६ माघ १२ गते १५:३१     विकासन्युज

काठमाडौं । सन् २००८ मा स्थापना भएको मिसन डाक्टर ११ वर्ष शैक्षिक परामर्शको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको छ । विशेष गरेर मेडिकल शिक्षालाई प्राथमिकतामा राखेको मिसन डाक्टरले काम गर्दै आएको छ । नेपालबाट बर्सौनि हजारौं विद्यार्थी मेडिकल शिक्षा हाँसिल गर्न बाहिर जाने गरेका छन् । विदेशमा मेडिकल शिक्षा हाँसिल गर्न अध्यन गर्न जान कति लाग्छ, त्यहाँ भाषाको समस्या कति हुन्छ, नेपाल फर्किएर ति विद्यार्थीहरुले के गरिरहेको छन् भन्ने सबैको चाँसोको विषय हो । त्यही विषयलाई मध्यनजर गर्दै प्रस्तुत छ विकासन्युजले मिसन डाक्टरका प्रबन्ध निर्देशक पुष्पराज भट्टराईसँग गरिएको कुराकानी  :

कुन उद्देश्यका साथ मिसन डाक्टरको स्थापना भएको हो ?

मेरो पहिलो स्थापना गरेको संस्था मिसन युएसए हो । मिसन डाक्टर, मिसन युएसए र मिसन अष्ट्रेलिया सिस्टर अर्गनाईजेसन रहेको छ । मेरो ११ वर्षको शैक्षिक परामर्श क्षेत्रमा लागिँरहँदाको अनुभवले मेरो उदेश्य हेर्न हो भने मैले बेलायत गएर पढेर र करिब ३० भन्दा बढि देश घुमेर आईरहेको परिपक्षमा मैले जानेमन भनेकने विदेश गएर पढेर राम्रो ज्ञान लिने र नेपाल आएर कर्म गर्नुपर्छ भन्ने हो । मैले हाल जे गरिरहेको त्यहीँ सोच बनाएर मैले यो संस्था खोलेको हुँ ।

मिसन डाक्टरले कुन कुन देशलाई प्राथमिकतामा राखेको छ ?

हाम्रो नाम हाम्रो अरु भन्दा फरक छ र त्यसैले पनि धेरै जनाले हामीलाई मेडिकल क्षेत्रमा मात्र काम गर्नुहुन्छ भन्ने बुझ्नुहुन्छ तर हाम्रो डाक्टर भनेको मेडिकल पनि हुन सक्छ र पिएच डि डाक्टर पनि हुनसक्छ । मेरो उदेश्य भनेको सबै विद्यार्थीलाई डाक्टर बनाउनु हो चाहे त्यो मेडिकल होस् अथवा पिएच डि होस् ।

अष्ट्रेलिया यदि कोही विद्यार्थी पढ्न जान्छ भने उसले ब्याचलर, मास्टर्स, पिएचडि गर्नै पर्छ ।
मेडिकल क्षेत्रमा कोही ब्याच्लर पुरा गर्न बित्तिकै डाक्टरहरु हुन्छ तर उनीहरुको पनि अगाडी पढुनुपर्न हुन्छ ।

मेरो उदेश्य भनेको विद्यार्थीलाई कुनै पनि क्षेत्रमा पोख्त बनाउनु हो । यद्यापी हाम्रो फोकस भनेको मेडिकल नै रहेको छ जसमा बांग्लादेश, चिन, रसिया, युक्रेन

तपाईले पठाएका विद्यार्थीहरु हाल के गरिरहेका छन् ?

मेलै पठाएका धेरै विद्यार्थीहरु मेरो रेकर्डमा हेर्न हो भने धेरै नेपाल फर्केर आएका छन् । मैले अघि पनि भने हाम्रो फोकस भनेको मेडिकल क्षेत्र हो । नपालबाट जति पनि मेडिकल पढुनको लागि बाहिर जान्छन् ९५ प्रतिशत नेपालमै फर्केर आएर सेवा दिईरहेका छन् । नेपाल सरकारले कन्सल्टेन्सीहरुले बाहिर मात्र विद्यार्थीहरु पढुन पठाए भन्दा त्यसको हामी जस्ता कन्सलटेन्सीले ठुयाक्कै उल्टो गरेका छौं ।

मिसन डाक्टरले ब्रेन ड्रेन भन्दा पनि ब्रेन गेनको काम गरिरहेको छ । विदेश पढ्न गएकाले केही मात्रमा पैसा खर्च गरे होलान् तर उनीहरुले त्यसको दोब्बर यहाँ आएर सेवा दिएका छन् ।

मेडिकल डाक्टर पढ्नको लागि विदेश जान के कस्तो मापदण्ड रहेको छ ?

मेडिकल डाक्टर पढ्नको लागि विद्यार्थीहरुले नेपाल सरकारको केही मापदण्डहरु पुरा गर्नु पर्न हुन्छ । बांग्लादेश जानको लागि विद्यार्थीको एक वर्ष भन्दा बढि ग्याप हुनु हुँदैन । बायोलोजी, फिजिक्स र केमेस्ट्रीमा कम्तिमा पनि ६० अंक ल्याएको हुनुपर्छ । समग्रमा हेर्न हो भने बांग्लादेश बाहेक अन्य देशमा ग्यापले खासै फरक पार्दैन । यस्तै उमेर ३० वर्ष भन्दा कम, शैक्षिक योग्यता ५० प्रतिशत हुनपर्छ र नेपाल सरकारले लिएको प्रवेश परिक्षामा पास गरेको हुनुपर्छ ।

शुल्कहरु कति लाग्छन् ?

नेपालको परिपक्षमा मेडिकल अध्यनको लागि बाहिरको शुल्क उपभोग गर्न सकिने छ । जसले जे भने पनि यर्थाथमा नेपालमा सबैभन्दा सस्ता मेडिकल कलेजमा पनि ७०–८० लाख लिने गरेको छ । देख्न र लुकाउने दाँत फरक हुन्छ भने जस्तै यहाँका मेडिकल कलेजहरुले विद्यार्थी भर्ना भएपछि होस्टेलको शुल्क, मेडिकल सामाग्रीको शुल्क जोडेको छैनौं भन्दै लाखौं बढि असुल्छन् ।
तर चिनमा जाने हो भने खान, बस्न र ६ वर्षको सम्पुर्ण खर्च जोड्दा विद्यार्थीहरु ३० लाखमा पढाई पुरा गरेका छन् । बांग्लादेशमा ४० देखि ५० लाखको रेन्ज रहेको छ । फिलिपिन्स, युक्रेनमा ४० देखि ५०, रसिया ३० लाख रहेको छ।

यसरी हेर्न हो भने नेपालको आधा खर्चमा विदेशमा पढेर आउन सकिन्छ । गुणस्तरको कुरा गर्न हो भने बाहिरको शिक्षा नेपालको भन्दा कम छैन ।

विदेश गएर मेडिकल शिक्षा हाँसिल गरेका विद्यार्थीहरु धेरै यहाँको मेडिकल काउन्सिलको परिक्षामा फेल भएको सुनिन्छ, खास कुरा के हो ?

बाहिर गएपछि अलि बढि स्वोतन्त्रता पाउने हँदा केही विद्यार्थीहरु यहाँ आएर परिक्षा पास गरेका छैनन् तर जो डाक्टर बन्ने चाहना राखेर पढेर आएका छन् उनीहरुले राम्रो गरेका छन् ।

चिन जस्ता देशहरु जाँदा विद्यार्थीहरुलाई भाषाको समस्या कतिको हुन्छ ?

भाषाको समस्या जुनै पनि राष्ट्रमा हुने गरेको छ । भाषागत समस्या दुई तरिकाले हुन्छ । कुनै पनि विद्यार्थी अर्को देश जान्छ भने उसले त्यो देशको भाषा सिक्नैपर्छ ।

उदाहरणको लागि एक अमेरिकी नागरिक नेपालमा आएर नेपालको मेडिकल कलेजमा पढ्छ भने उसले नेपाली भाषा सिक्नै पर्छ । शिक्षकले अंग्रजीमा पढाए र परिक्षा अंग्रजीमा लिए पनि उसले ईन्टर्न गर्न समयमा सबै नेपालीले त अंग्रेजी बोल्दैनन् । त्यही कुरा हाम्रा नेपाली विद्यार्थीलाई पनि लागु हुन्छ ।

छात्रवृत्तिको व्यवस्था के–कस्तो रहेको छ ?

ब्याचलरमा धेरै छात्रवृत्ति छैनन् । कहि कतै थारैमा मात्र छात्रवृत्तिको व्यवस्था रहेको छ ।
पहिला पहिला पुर्ण रुपमा छात्रवृत्ति पाएर विद्यार्थीहरु पढुन जान्थिए तर शहिले त्यस्तो छैन । मास्टर्सको हकमा भने चिनमा धेरै विद्यार्थीहरु गईरहेका छन् र उनीहरुलाई हामी सहयोग गरिरहका छौं ।

कुन देशमा बढि गएका छन् ?

यहाँबाट सबैभन्दा धेरै विद्यार्थीहरु बांग्लादेश , चिन र बेलायत गएका छन् । बेलायतमा म आफैं अध्यन गरेर आएको हुँदा पनि यसमा पनि हामीले धेरै विद्यार्थी पठाएका छौं ।
यस्तै अमेरिका, अष्ट्रेलिया र अन्य धेरै युरोपका देशहरुमा पनि हामीले विद्यार्थीहरु पठाएका छौं ।

मिसन डाक्टरले विद्यार्थीहरुलाई कस्तो सेवा प्रदान गर्छ ?

हामीले मिसन डाक्टर मार्फत विश्वका कुनै पनि ठाउँमा मेडिकल शिक्षा अध्यनको बारेमा पुर्ण रुपमा केही पनि नछुटाई पनि जानकारी दिन्छौं ।
हामी टोफल, आईएल्टिएसका भाषा परिक्षाहरु पनि संचालन गछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.