ब्यवसाय ब्यवस्थित हुन नसक्दा सामाजिक सुरक्षा कोषमा जान असहज

  २०७६ माघ ११ गते १८:१५     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील ब्यवसाय ब्यवस्थित हुन नसक्दा सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा जान समेत बाधा परेको ग्रील तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए ।
बाराको निजगढमा ग्रील तथा स्टील व्यवसायी संघ बाराको प्रथम भेलाको उद्घाटन गर्दै अध्यक्ष कटुवालले सरकारको नीति नियम अनुसार सामाजिक सुरक्षा कोषको दायरामा लैजान समस्या भएको जानकारी दिए ।

भौतिक पुर्वाधारको पनि पुर्वाधार विकासमा नभई नहुने ग्रील तथा स्टील ब्यवसाय काठको बिकल्पको रुपमा देखिएको हुदा यसले बनजङल बिनासकम गर्न मद्दत पुगि वातावरणलाई सन्तुलन राख्न सहयोग पुगेको हुदा यस्को महत्त्व अझ बढेको बताए । नयाँ प्रबिधी भित्र्याएर उत्पादकत्व बढाउन सकिने हुदा त्यस तर्फ लाग्न ब्यवसायीहरुलाई आग्रह गर्दै अधिकाश श्रमिकहरुलाई सामाजिक सुरक्षाकोशको बारेमा जानकारी नभएको जानकारी दिए ।

साथै थाहा भएका श्रमिक तथा व्यवसायीहरु पनि कोषमा आवद्ध हुन नचाहेको कारण सचेतना कार्यक्रमलाई व्यापक रुपमा संचालन गर्नु पर्ने उनको भनाई छ । महासंघका महासचिब बिबेकदास श्रेष्ठले ६७ जिल्लामा आफ्नो सञ्जाल बिस्तार गरिसकेको ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालले अन्तर्रास्ट्रिय स्तरमा समेत सम्बन्ध बिस्तार गर्न लागिएको बताए ।

केन्द्रीय सदस्य प्रकाश पौडेलले ब्यवसाय संचालन गर्दा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी सचेतना कार्यक्रमलाई देशब्यापी रुपमा संचालन गर्नु पर्ने जानकारी दिए । मकवानपुर जिल्लाका अध्यक्ष श्कुमार पौडेलले सरकारले निर्धारण गरेको ग्रीलजन्य सामानको मूल्य सूचीलार्इ आधार मानी काम गर्दा ब्यवसायीलाई थोरै भएपनि रहत मिल्ने बताउँदै स्वस्थ प्रतिस्पर्धा गर्न सबै ब्यवसायीलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.