भक्तपुरको एक विद्यालयले गरेको फोहोरबाट मोहोर उत्पादन गर्ने कार्यक्रम

  २०७६ माघ ११ गते १७:१८     विकासन्युज

काठमाडौ । भक्तपुरको एभरेष्ट इगलिश स्कुलको आयोजनामा फोहोरबाट मोहोर उत्पादन गर्ने कार्यक्रम सकिएको छ । वेष्ट फ्रम वेष्ट (खेर गएका वस्तुबाट राम्रा सामानको उत्पादन) इक्जिविशन नामक सो कार्यक्रममा विशेष गरि खेर गएका वस्तुहरुबाट स साना विद्यार्थीहरुले बनाएका आकर्षक सामानहरुको प्रदर्शनी गरिएको थियो ।

खेर गई सडकमा समस्याको रुपमा फाल्नुपर्ने प्याष्टिकलगायतका वस्तुहरुबाट विद्यार्थीले बनाएका आकर्षक वस्तुहरुको एकदिने प्रदर्शनी गरिएको थियो । स्कुलका एक हजार भन्दा वढी विद्यार्थीले बनाएका एक हजार भन्दा वढी आइटमको प्रदर्शनी गरिएका थिए । साथै स्कुलका शिक्षक, अभिभावकले पनि विद्यार्थीसँग मिलेर बनाएका विभिन्न सामानहरुको प्रदर्शनीमा उपस्थित रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले खेर जाने वस्तुहरु वजारमा फाल्नु अगाडि ससाना विद्यार्थीले दस पटक सोचून भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष वर्षमा एक पटक प्रदर्शनी गर्दै आएको बताए । यसले विद्यार्थीमा सिर्जनात्मक क्षमता बढ्ने विश्वास पनि उनले लिए । साथै यसले वातावरण प्रदूषणमा पनि सहयोग मिल्ने उनको विश्वास छ ।

घरमा लगाउने जुता, चकटी, डालो, व्याग, ढकनी, फुलदानी, फोटो फ्रेम, मिनी वास्केटवल, फूल, कप, पुतलीलगायतका उपयोगी समान बनाएका थिए । साथै उनीहरुले सजाउने नमूना घर, खेलौना गाडी, बोटल, पेन्सिल वक्सलगायतका सामान बनाएका थिए ।

प्रदशर्नी संयोजक एवं विद्यालयकी शिक्षिका चण्डेश्वरी हाछेथूले प्रदर्शनीको एक हजार पाँंच सय भन्दा वढीले अवलोकन गरेको जनाइन् । यसले फाल्नुपर्ने फोहोरबाट मोहर बनाउने सन्देश पुगेको विश्वास लिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.