प्रभु शाहको निर्माणमा तथा नायिका अधिकारीकाे अभिनय रहेकाे ‘हमनिके भागिया’ सार्बजनिक

  २०७६ माघ ११ गते १५:४८     विकासन्युज

काठमाडौं । भोजपुरी गायिका इन्दु सोनालीको सुमधुर स्वरमा  भोजपुरी गित  ‘हमनिके भागिया’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत समाभेष छिन् ।

उपेन्द्र सहानीको शब्दमा संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित  ‘हमनिके भागिया’ को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका हुन् ।

त्यस्तै  निर्देशक पुर्णेन्द्रु  झाले निर्देशन गरेका छन् । सार्बजनिक भिडियोमा लोकप्रिय नायिका केकी अधिकारी र बिजय यादब निर्बिजको ससक्त अभिनय रहेको छ ।

भने म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् । संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौ भोजपुरी गित तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि संगीत भरिसकेका छन् ।

भिडियो हेर्नु क्लिक गर्नुहोस् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.