एनएमबि लघुवित्तको नाफा बढेसँगै प्रतिशेयर आम्दानी ४६.६० रुपैंया

  २०७६ माघ ११ गते १५:०७     विकासन्युज

काठमाडौं । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुदनाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ । गतआर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुदनाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएको हो ।

लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गतवर्षको यसै अवधिको तुलनामा ३३ रुपैयाँ ८६ पैसाले वृद्धि भएको हो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालननाफा बढ्नुका साथै खराबकर्जा उठाउन सफल भएका कारण खुदनाफा बढेको हो ।

यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँनिक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको चुक्तापूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँपुगेको छ भने जगेडा कोष ९ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँपुगेको छ । एनएमबि बैंकको ८ करोड २६ लाख रुपैयाँलगानी रहेको लघुवित्तले यस अवधिमा खराबकर्जा २.८९ प्रतिशतबाट २.८२ प्रतिशतमा झरेको हो ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ १ सय ८३ रुपैयाँ ५२ पैसा र मूल्यआम्दानीअनुपात १७.१७ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.