एनआईसी एशियाले गर्याे एपीएफ क्लबका विजेता खेलाडीलाई १० लाख सहयोग

  २०७६ माघ ११ गते १४:३७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल एपीएफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (२०७६) का विजेतालाई सहयोग प्रदान गरेको छ ।

विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई वितरण गर्नका लागि नगद ९ लाख ९५ हजार रुपैयाँ चेक मार्फत एनआईसी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरीका उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक श्री शैलैन्द्र खनालज्यूको प्रमुख अतिथ्यता रहेको थियो ।

हाल देशभरी बैंकको ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ३० एटिएम, १ सय ४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एनआईसी बैंकका २१ लाखभन्दा बढी ग्राहक साथ सेवा सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेकाे जनाएकाे छ ।

त्यस्तै वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु विस्तार भएको बैंकले जानकारी दिएको छ । ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.