वैदेशिक रोजगार विभाग र इसेवा फोनपेबीच अनलाइन भुक्तानी सेवा सम्बन्धि सम्झौता

  २०७६ माघ १० गते २१:३९     विकासन्युज

काठमाडाै‌ । वैदेशिक रोजगारीमा जाने श्रमिककाे सेवालाई लक्षित गर्दै वैदेशिक रोजगार विभाग र इसेवा फोनपेबीच अनलाइन भुक्तानी सेवा सम्बन्धि सम्झौता भएकाे छ । श्रमिकहरूले तिर्ने बीमा बापतको रकम अतिरिक्त शुल्क नलिई अनलाइन भुक्तानी सेवा प्रदान गर्न इसेवा फोनपे बिच विभागले सहकार्य गरेकाे हाे ।

आगामी दिनमा बीमा कम्पनीहरूले विभागसँग सम्झौता गर्ने वित्तिकै बीमा वापतको रकम इसेवाबाट अनलाइन भुक्तानी गर्न सकिने भएकाे हाे । वैदेशिक रोजगार बोर्डमा जाने कल्याणकारी कोषको रकम पनि इसेवाबाट भुक्तानी गर्न सम्झौता हुँदैछ। अन्य अनलाइन भुक्तानी प्रदायक संस्थाहरूले पनि आइतबार विभागसँग सम्झौता गर्ने तयारी भएकाे वैदेशिक राेजगार विभागका महानिर्देशक डा भीष्मकुमार भूसालले जानकारी दिए ।

इसेवाले श्रमिकको म्यादी बीमा भएको जानकारी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्नेछ। बीमाको बीमाङ्क रकम भुक्तानी भए नभएको रूजू गर्न पोर्टलको व्यवस्था मिलाउने छ। यदि प्राविधिक कारणले सेवा अवरूद्ध भएको अवस्थामा सो समस्या तत्काल समाधान गर्न दुबै पक्षले पहल गर्ने सहमति भएकाे हाे ।

इसेवा कनेक्ट आइपिएस् प्रभु पे खल्ती लगायतका सबै अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले बुझाउने बीमा तथा कल्याणकारी कोषमा बुझाउने रकम बिना कुनै अतिरिक्त शुल्क अनलाइन भुक्तानी गर्न तयार भएका छन्।

के बीमा कम्पनीहरूको कारणले नेपालीहरूले विदेशबाटै पुनः श्रम स्वीकृति लिन पाउने र नेपालमा पनि आफ्नै घरबाट अनलाइन तिर्नुपर्ने रकम तिरेर सेवा लिन पाइने व्यवस्था थिएन् ।  बीमा कम्पनीहरूमा त्यस्तो कुन रहस्य छ जसले उनीहरूलाई पारदर्शी रूपले विद्युतीय शासनको प्रत्याभूति दिंदै सेवाग्राहीहरूलाई सहजता प्रदान नगरेकाे याे अवस्थामा अबदेखि अनलाइन भुक्तानीलाई जाेड दिने  विभागले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.