साढे तीस लाख ग्राहकको विश्वास बोकेर अघि बढ्दैछौं : किरण कुमार श्रेष्ठ

  २०७६ माघ १० गते १९:४९     किरण कुमार

काठमाडाैं । यस बैंकले ५५ वर्षको इतिहासमा अनेकौं आरोह अवरोह पार गर्दै आएको छ । ५० को दशककाे अन्त्यमा आइपुग्दा बैंकको वित्त अवस्थाका अधिकांश सूचकहरु नकारात्मक रहन गयो । फलस्वरुप २०५९/६० सालदेखि वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू भई पुनः बैंकले प्रगतिको यात्रा शुरु गर्यो र आज यहाँसम्म आइपग्दा धेरै सकारात्मक परिणामहरु देखिन थालेको छ ।

आ ब २०७५/०७६ को आफ्नो वित्तीय विवरणहरुको अन्तिम लेखापरीक्षण समेत सम्पन्न गरी यही माघ २४ गते बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न गर्न गईरहेको व्यहोरा निवेदन गर्न चाहन्छु । चाल आवकाे दोश्रो त्रैमास भर्खरै समाप्त भएको छ । यस अवधिको प्रारम्भिक बिबरण अनसार २०७६ पौष मसान्त सम्ममा बैंकको कुल निक्षेप रु १ खर्ब ९७ अर्व, कूल कर्जा लगानी रु १ खर्ब ५२ अर्व तथा खुद मुनाफा रु २ अर्ब ५ करोड रहेको छ भने बैंकको कुल सम्पत्ती रु २ खर्व २६ अर्ब पुगेको छ।

त्यसै गरी कर्जा निक्षेप अनुपात सीडी रेसियो ७७ प्रतिशत रहेको छ र बैंकको आधार दर ६.६ प्रतिशत रहेको छ । बैंकले निर्धारण गरेको कर्जाको व्याजदर वैकिङ्ग क्षेत्रमै प्रतिस्पर्धी रहेको छ भने निक्षेपको व्याजदर पनि अन्य बैकको तुलनामान प्रतिस्पर्धी नै रहेको छ । अहिले हामीले वचत निक्षेपमा ४ प्रतिशत देखि ६ प्रतिशतसम्म र मुद्धति निक्षेपमा ९.७५ प्रतिशत सम्म व्याज दिईरहेका छौं । सर्वसाधारणको अपार विश्वास तथा मायाका कारण बैंकको निक्षेप ग्राहक संख्या ३० लाख ३७ हजार पगेको छ भने कर्जा ग्राहक संख्या १ लाख ५८ हजार पुगिसकेको छ ।

त्यसैगरि १० लाख भन्दा बढी ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकशन र ५ लाख १० हजार ग्राहकहरुले बैंकको भिसा डेबिट कार्ड प्रयोग गरिहेका छन । यसै गरी देशका सातै प्रदेशका ७७ वटै जिल्लामा २३८ शाखा कार्यालयहरु, २०५ वटा एटीएम, ९३ वटा शाखारहित बैंकिङ्ग, २८ वटा एक्स्टेन्सन काउण्टर माफत हामो कार्यजालो र सेवाको पहुँच पुर्याइ रहेका छौं । अबको दिनमा बंकले युवा वर्गलाई लक्षित गरी सेवा सुविधाहरुको अझ विस्तार र विकास गर्ने योजनामा रहेको छ ।

यस बैंकले आर्थिक वर्ष २०७५/०७६ मा नेपाल बैंकिंग क्षेत्रमै सबैभन्दा उच्च अर्थात रु ५.०५ अर्ब नाफा आर्जन गन सफल भएको कुरा सहर्ष जानकारी गराउन चाहान्छु । त्यगैगरी बैंकले यस वर्ष हाइएष्ट ट्याक्स पेयर अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष लगानीकर्तालाई पहिलो पटक १२ प्रतिशत लाभांश वितरण गर्न समेत सफल भएको छ । हामी सरकारको पूर्ण स्वामित्वको बैंक भएको हुनाले सरकारका नीति र कार्यक्रमहरु अनुरुप कार्य अगाडि बढाउनु हाम्रो प्रमुख दायित्व र कर्तव्य हो ।

यसै हिसाबल उत्पादनशिल तथा प्राथमिकता क्षेत्रका कृषि, जलविद्युत, पर्यटन तथा उद्योग क्षेत्रमा प्राथमिकताका साथ हामीले हाम्रो लगानीलाई केन्द्रित गरेका छौं । यस क्षेत्रमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको प्रतिशत सिमा भन्दा माथि हाम्रो लगानी रहेको छ । यसै गरि व्याज अनुदान सहितको सहलियतपूर्ण कर्जा अन्तर्गत हालसम्म ९५४ जनालाई कुल ७८ करोड ८० लाख कर्जा प्रवाह गरिएको छ । सहलियतपूर्ण कर्जालाई कूल कर्जाको १ प्रतिशत सम्म लगानी पुर्याउने योजनाका साथ काम गरिरहेका छौ ।

यस्तै अनुदान सहितको कषि कर्जा तर्फ बैंकले हालसम्म ५६५३ जनालाई कुल र अर्ब १ करोड प्रवाह भएको समेत जानकारी गराउँछु ।
सर्वसाधारणको वित्तीय पहुंच बढाउने उदेश्यले हामीले शाखा संजाल विस्तार तर्फ विषेश जोड दिएका छौं । मुलुकको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा प्रदेश कार्यालयहरु स्थापना भई सकेको र आजको दिनमा मुलुकभर ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा गरी २३८ वटा शाखा सहित उपस्थित छौं भन्न पाउँदा मलाई खुशी र गर्व महसुस भएको छ ।

यसै गरी सरकारको ७५३ वटै स्थानीय निकायहरुमा बैंकका शाखा स्थापना गर्ने नीति अनुरुप यस बैंकले स्थापना गर्नुपर्ने २२ वटै स्थानीय तहमा शाखा कार्यालय स्थापना गरी संचालनमा पनि ल्याईसकिएको छ ।  आजको बैंकिग प्रतिष्पर्धामा आफनो प्रतिष्पर्धी क्षमतालाई समयानुकुल पारमार्जन गर्न अति नै जरुरी रहेको सम्बन्धमा बैंकको उपलब्धीलाई दीर्घकालीन रुपमा दिगो बनाइ राख्न समयम रणनीतिक कामहरु गर्नु पर्ने आवश्यकता बोध गरी हामीले बैंकको रणनीतिक योजना २०२०–२०२५ तर्जुमा गरेका छौं ।

यस रणनीतिक योजनाको कार्यान्वयनबाट बैंकको आगामी कार्यक्रमलाई योजनाबद्ध रुपमा सञ्चालन गरी बैंकको प्रतिष्पर्धी क्षमताको विकाु गर्न सकिने विश्वास लिएका छौं । त्यसैगरी व्यवस्थापन अडिट र ओ एण्ड एम सर्भे सम्पन्न गरिसकेका छौं । अहिले बैकिङ्ग क्षेत्रमा देखिएका जोखिमहरु तथा नयाँ चुनौतिहरुका सामना गर्न बैंकको रिक्स व्यवस्थापन प्रणलीलाई राम्रो र भरपर्दो बनाउन डीएफआइडीको आर्थिक सहयोग र पीडब्लुसीको प्राविधिक सहयोगमा यस बैंकमा नेपाल रिस्क ट्रान्सफरमेसन सिस्टम संचालन भईरहेको छ ।

सो परियोजनाले यस बैंकको विद्यमान जोखिम व्यवस्थापन प्रणाली र पद्धतिलाई इन्टरनेश्नल नम्स अनुरुप सुधार गर्ने विश्वास लिएका छौं ।
त्यसैगरी सम्पत्ती शुद्धिकरण निवारणका लागि बैंकिंग क्षेत्रमा अहिलेको जल्दोबल्दो विषय एएमएल÷सीएफटी संग सम्बन्धित विषयहरुको नियमन, व्यवस्थापन तथा रिपोर्टीङ निकै चुनौतीपुर्ण भएको छ । यसको लागि हामीले बैंकको कम्प्लेन्स डिपार्टमेन्टको सदढिकरण, उपयुक्त जनशक्ति व्यवस्थापन, तालिम तथा प्रविधिको स्तरोन्नती गर्दै अगाडि बढि रहेका छौं ।

यस आर्थिक वर्ष २०७६/०७७ लाई क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेसन भन्ने अभियान संचालन गरी फिजिल एण्ड फाइनान्स स्मार्टनेस को लक्ष्यसहित विभिन्न प्रकारका कामहरु गरि रहेका छौं । बैंकको विद्यमान कर्मचारी सेवा विनियमावलीका प्रावधान बमोजिम विगत चार वर्षको अवधिमा १३५४ जना कर्मचारीहरु सेवा निवृत भई अनिवार्य अवकासमा गएका छन् भने १०६० जना नयां कर्मचारीहरु नियुक्त गरिएको छ । बैंकको ४ वर्ष अगाडिको ४८ वर्षको औसत उमेर ३६ वर्षमा झरेको छ ।

यसै आर्थिक बर्ष आयोजना गरिएका १३० वटा तालिम कार्यक्रम मा ३४८१ जना कर्मचारीहरु सहभागी भएका छन् । बैंकको समग्र विकास तथा कर्मचारी समस्याको समयमा सम्बोधन गर्न बैंक व्यवस्थापन र ट्रेड युनियन बीच रामो सम्बन्ध र समझदारी समेत रही आएको छ।
बैंकले आर्जन गरेको खद मनाफाको कम्तिमा एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व वहन सम्बन्धी क्रियाकलापहरुमा खर्च गर्नु पर्ने नीतिगत व्यवस्था बमोजिम हामीले विभिन्न कार्यक्रमहरु संचालन गरेका छौं । समृद्धिसंग जोडी नाता, सबै नेपालीको बैंक खाता भन्ने राष्ट्रिय अभियानलाई सार्थक पार्न घनिभुत रुपमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको छ ।

गत २०७६ वैशाख १ गतेका दिन सम्माननीय प्रधानमन्त्रीज्यूबाट यस बैंकमा खाता खोली शुभारम्भ भएको यस अभियानलाई बैंकले देशभरी रहेका सबै शाखा कार्यालयहरु माफत व्यापक रुपमा अगाडि बढाएको छ । यस कार्यक्रममा हालसम्म २०३ वटा शाखा कार्यालयहरु मार्फत १९९७१ जना व्यक्तिहरु सहभागी गराइएको छ भने यस अभियान अन्तर्गत शाखा कार्यालयहरुले १५१४ संख्यामा नयां निक्षेप खाता खोलिएका छन् ।

बैंकको उद्धेश्य अनुरुप कार्यक्षेत्रको दायरालाई अझ फराकिलो बनाउने उद्धेश्यले विभिन्न संघ संस्था तथा निकायहरुसंग समन्वय र सहकार्य गर्ने नीति अनुरुप हामीले नेपाल टेलिकमसंगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना गर्ने कार्यलाई अगाडी बढाएका छौं भने सहलियतपूर्ण कर्जालाई प्रभावकारी रुपमा लक्षित वर्गसम्म पुर्याउन युवा परिषद् नेपाल, हेफर इन्टरनेशनल, युके एड, सक्षम, नेपाल घरेलु तथा साना उद्योग महासंघ, दक्षिण एशियाली महिला विकास मंच, समद्धि लगायत संघ संस्थाहरुसंग सहकार्य गरी रहेका छौं ।
एक कम्पनी आरविवि मर्चेन्ट मार्फत चाडै नै म्युचुअल फण्ड संचालन गर्ने तयारीमा लागेको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकका निदशन बमोजिम डिवेन्चर जारी गर्ने प्रत्रिया अगाडि बढाइएको छ ।

क्रडिट कार्डलगायत कर्जा तथा निक्षेपका नयां प्रडक्टहरुसमेत तर्जुमा गरी लागु गर्ने योजनामा छौं । विभिन्न संघ संस्था र निकायमा बहालवाला तथा सेवा सुविधा सहितको सहुलियत कर्जा शीर्षकमा नयां कर्जा प्रडक्ट निकट भविश्यमा ल्याउने तयारीमा छौं । बैंकको सूचना प्रविधि प्रणालीलाई समयानुकुल अद्यावीक लैजान आइटी इनह्यान्समेन्ट रोडम्याप गरी कार्यान्वयन गर्न तर्फ अगाडि बढेका छौं । बैंकले यसै आर्थिक वर्ष भित्र विभिन्न १६ स्थानमा रहेका जग्गामा बैंकको भवन निर्माण प्रक्रिया अगाडि बढाइरहेको छ ।

ती मध्ये ५ वटा स्थानमा यसै वर्ष निर्माण कार्य सम्पन्न हुनेछ ।  अन्त्यमा यस बैंकलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरी आजको अवस्थामा ल्याई पूर्याउने कार्यमा योगदान  गर्नुहुने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको मार्गदर्शन र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछु ।
साथै यस अवसरमा बैंकलाई यस अवस्थासम्म ल्याई पर्याउन योगदान दिनुहुने यस बैंकका सम्पूर्ण अग्रज  पदाधिकारी तथा कर्मचारीहरुलाई सम्मानका साथ स्मरण गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छु । बैंकका सेवा सुविधालाई स्वीकार गरी आजका दिनसम्म यस बैंकसंग विविध कारोवार गरिरहनु भएका ग्राहकप्रति हार्दिक  कृतज्ञता प्रकट गर्न चाहन्छु र आगामी दिनहरुमा अझ गुणस्तरीय समय सापेक्ष सेवा सुविधाहरु प्रवाह गर्ने  प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

(राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकात्सव कार्यक्रममा  बैंकका प्रमुख कार्यकारी अधिकृत  किरण कुमार श्रेष्ठले व्यक्त गरेकाे विचारकाे सम्पादित अंश )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.