राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकोत्सव सम्पन्न

  २०७६ माघ १० गते १७:४३     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंककाे  ५५औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । बैंकले आफ्नो  ५५औं वार्षिकाेत्सव  विविध कार्यक्रमकाे आयाेजना गरी मनाएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक सधैं सरकारी बैंक नै रहने बताए । उनले पछिल्लो समय राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने बताए ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रा राष्ट्रिय वाणिज्य बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको बताए ।

बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धती र सेवाको गुणस्तरमा सुधारभएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए ।  बैैंकले यस अवधिमा खुद नाफा २ अर्ब ५ करोड रुपैंया गरेको उनको भनाइ छ ।

कार्यक्रममा ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, प्रभातफेरी, विभिन्न खेलकुद कार्यक्रमहरु केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा शाखा कार्यालयहरुमा संचालन भएका थिए ।

कार्यक्रममा २० वर्ष अवधि पुरा गरेका र पूर्व कर्मचारीलाई पनि सम्मान गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.