देशभरका भन्सार कार्यालय अर्थको प्रत्यक्ष निगरानीमा, २ वर्षभित्रै पेपर लेस हुने

  २०७६ माघ १० गते १६:२८     विकासन्युज

काठमाडौं । देशभरका भन्सार कार्यालयहरुमा अर्थमन्त्रालयले प्रत्येक्ष निगरानी गर्ने भएको छ । मन्त्रालय र भन्सार विभागमा रहेको कन्ट्रोल रुममा सबै भन्सार कार्यालयहरु आवद्ध भएपछि मन्त्रालयबाटै निगरानी गर्न सकिने भएको हो ।

यसअघि सबै भन्सार कार्यालयको निगरानी गर्न सकिने व्यवस्था थिएन । विभागले सूचना प्रविधिको प्रयोग गरी सबै भन्सार कार्यालयहरुलाई नेटवर्कमा आवद्ध गरेको हो । विभागले कुनै बस्तुको भन्सार शुल्कमा शंका लागेका विभागबाटै पुन समानको जाँच गर्न निर्देशन दिनेछ । सबै भन्सार कार्यालयहरुमा सीसीटीबीबाट निगरानी गरेपछि भन्सारमा हुने अनियमितता पनि नियान्त्रण हुने विभागका महानिर्देशक सुमन दाहालले बताए ।

भन्सार सुधार र आधुनिकीकरण गर्ने सरकारको लक्ष्यअनुसार देशैभरका भन्सार कार्यालयहरुलाई प्रत्यक्ष हेरी रहने भएको हो ।

भन्सार विभागले कति समान भन्सारबाट पाँस भयो र कति सामान भन्सारबाट पाँस हुन बाकीँ छ भनेर विभागले नै हेर्नेछ । काममा ढिलासुस्ती भएका सम्बन्धित भन्सार कार्यलयका प्रमुखलाई के कारणले भन्सारमा काम ढिला भएको हो, त्यसलाई अध्ययन गरेर जानकारी गराउन निर्देशन दिनेछ ।

विभाग महानिर्देशक दाहालले ६८औ अन्तराष्टिय भन्सार दिवसमा कार्यक्रममा बोल्दै भन्सारको काम भनेको भन्सार सुधार तथा आधुनिकीकरण, व्यापार सहजीकरण, राजस्व संकलन र सामाजिक सुरक्षा लगाएतको काम गरिरहेको बताए ।

‘हामी भन्सारलाई सहज र सरल बनाउन काम गरिरहेका छौं, विभागले २ वर्ष भित्रमा भन्सारलाई पुर्णरुपमा पेपर लेस बनाउने छ,’ महानिर्देशक दाहालले भने ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी शिशिर घिमिरे प्रविधिको प्रयोग गरेर विभागले कार्मचारी घटाउदै गएको बताए । विभागले २ वर्ष भित्र विभाग मातहतका सबै कार्यलयलाई पेपर लेस बनाउने जानकारी दिएको छ । हाल भन्सार विभागमा आर्थिक करोबार बैंकबाट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.