विश्व कीर्तिमान राख्न १३ नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य गर्ने घोषणा

  २०७६ माघ १० गते १६:०२     विकासन्युज

काठमाडौं नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरिएको छ । आगामी फागुन २२ गते काठमाडौंमा विहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने भएको हो ।

शुक्रबार मारुनी मिडिया नेटवर्कले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त विश्व र्कीतिमान बारे जानकारी गराएको हो । उक्त र्कीतिमान राख्नको लागि गिनिज बुकले अनुमतिसमेत दिईसकेको छ । कार्यक्रममा र्कीतिमान राख्नको लागि व्यवस्थापनको जिम्मेवारी लिएको गिनिज ईभेन्ट्स नेपालका अध्यक्ष सन्तोष लामाले कार्यक्रम सफलताको शुभकामना दिए ।

उनले भने,‘कार्यक्रमको राम्रो तयारी भएको छ । यो नेपालको परिवेशमा पनि विशुद्ध नयाँ रेकर्ड हाँसिल हुने हामीले अपेक्षा लिएका छौं । व्यवस्थापकीय हिसाबले पनि धेरै राम्रो तयारी भएको छ । हामी टिमवर्कमा विश्वास गर्छौं ।’

पत्रकार सम्मेलनकी प्रमुख अतिथिसमेत रहेकी चर्चित लोकदोहोरी गायिका राधिका हमालले पनि विश्व र्कीतिमानी कायम गर्नको लागि सामूहिक नृत्यमा सहभागीहरुलाई शुभकामना दिएकी थिईन् । कार्यक्रममा मारुनी मिडिया नेटवर्कका प्रवन्धक डिल बहादुर मगर (डिकेश) ले ‘देशले हामीलाई के दियो ? भन्दापनि हामीले देशलाई के दियौं ?’ भन्ने मूल नाराका साथ आफूहरु विश्व र्कीतिमान राख्ने तयारीमा जुटेको स्पष्ट पारे । उनले उक्त उद्देश्यमा सफल हुनेमा आफूहरु विश्वस्त रहेको प्रतिक्रिया पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.