१० रुपैयाँ दिएर सुस्तमनस्थिति बालिकालाई जवरजस्ती करणी गर्ने खड्का जेल चलान

  २०७६ माघ १० गते १३:४३     विकासन्युज

काठमाडाैं । चार वर्ष अगाडि १५ वर्षिय सुस्त मनस्थिति भएकी बालिकालाई १० रुपैयाँ दिएर जबरजस्ती करणी गर्ने ओखलढुङगाका पूर्ण बहादुर खड्का जेल चलान भएका छन् ।

केन्द्रिय अनुसन्धान ब्युरोले बिहिबार भक्तपुरको सुर्यबिनायकबाट प्रक्रउ गरी भक्तपुर जिल्ला अदालतमार्फत डिल्ली बजार कारागार चलान गरिएको हो। उच्च अदालत पाटनको उनलाई वि.स २०७५ कात्तिकमा २ वर्ष ६ महिना कैद सजाय ठहर गरेको थियो । तर, उनी फरार रहेका थिए ।

वि.स २०७१ फागुनमा उनले १५ बर्षीय सुस्त मनस्थिति भएकी बालिकालाई १० रुपैया दिई ललाई फकाई अनुचित प्रभावमा पारी घरमा कोही नभएको मौका पारी जिल्ला भक्तपुर सुर्यविनायक न.पा वडा नं. ६ सिपाडोल स्थित आफ्नै घरको कोठामा लगीजबरजस्ती करणी गरेको भन्ने अनुसन्धानबाट खुल्न आएको थियो। मा मुद्धा दर्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.