सिद्धार्थ बैंकले सम्पन्न गर्यो ६ दिने आँखा शल्यक्रिया शिविर, एक हजार बढीको आँखा परीक्षण

  २०७६ माघ ९ गते १८:३५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले ६ दिने नि: शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा उक्त शिविर सम्पन्न गरेको हो ।

बैंकले पुस २२ गतेदेखि २५ गतेसम्म श्रीनगर(सर्लाही) र पुस २७ गतेदेखि पुस २९ गतेसम्म मलंगवा (सर्लाही) मा संचालन गरेको थियो । उक्त शिविरमा कूल एक हजार २ सय ४१ जनाको आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्य एक सय ७८ जना मोतिया बिन्दु रोगीहरुको पहिचान गरि उनीहरुको आँखा शल्यक्रिया गरिएको बैंकले जनाएको छ ।

साथै, उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४ लाख ६७ हजार ५ सय रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले एक विशेष कार्यक्रमकाबीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत श्रीदमन बहादुर घलेलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । साथै, आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.