इलेक्ट्रिक सेग्मेन्टमा टिभिएसको प्रवेश, फुल चार्जमा १०० किलोमिटर माइलेज दिने स्कुटर ल्याउँदै

  २०७६ माघ ९ गते १८:०७     विकासन्युज

काठमाडाैं । टिभिएसले टिजर मार्फत् आफ्नो आउँदै गरेको इलेक्ट्रिक स्कुटरको एक झलक देखाएको छ । कम्पनीले सो टिजरलाई आफ्नो आधिकारीक सामाजिक सञ्जाल पेजमा रिलिज गरेको हो । उक्त स्कुटर आउँदो जनवरी २५ का दिन भारतमा आधिकारीक रुपमा सार्वजनिक हुँदैछ ।

टिजरमा देखिएअनुसार यो स्कुटर फेमिली-ओरियन्टेड डिजाइनमा आधारित छ । अर्थात् यसमा ठूला बढी प्यानल्स र ठुलो फ्रन्ट एप्रोन समावेश हुनेछन् । आधुनिक समय अनुसारका फुल-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, फुल एलईडी लाइटिङ्ग लगायतका विशेषताहरु पनि यसमा समावेश हुनेछन् ।

यस इलेक्ट्रिक स्कुटरको पर्फमेन्स अन्य ११० सीसी स्कुटरहरु जस्तै हुने अनुमान गरिएको छ । यो स्कुटर टिभिएस क्रेओन कन्सेप्टमा आधारित हुने अनुमान गरिएको छ । क्रेओन कन्सेप्टलाई टिभिएसले सन् २०१८ को अटो एक्स्पोमा प्रदर्शनको लागि राखेको थियो ।

यस स्कुटरमा ८० देखि १०० किलोमिटरको रेञ्ज प्रदान गर्नसक्ने ४ किलोवाटआवरको लिथियम-आयन ब्याट्री समावेश गरिने आँकलन गरिएको छ । त्यसैगरी, यसमा अगाडितर्फ टेलिस्कपिक फर्क र फ्रन्ट डिस्क ब्रेक पनि समावेश हुनेछ ।
बजारमा आए पश्चात् सो स्कुटरले बजाजको इलेक्ट्रिक स्कुटर ‘चेतक’ सँग कडा प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.