हिमालय एअरलाइन्सले शुरु गर्यो काठमाडौ-छोङ्छिङ् सिधा उडान

  २०७६ माघ ९ गते १५:३४     विकासन्युज

काठमाडौं । चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर नेपाल—चीन सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले आजदेखि काठमाडौ—छोङ्छिङ् सिधा उडान सेवा शुरु गरेको छ । छोङ्छिङ् जन गणतान्त्रि चीनको एक मनोरम पर्यटकीय शहर हो । नेपालबाट छोङ्छिङ् सिधा उडान सेवा भर्ने हिमालय एअरलाइन्स् नै पहिलो हवाई सेवा कम्पनी हो ।

सिधा हवाई सेवा शुरु भएसँगै आगामी दिनमा दुबै शहरमा पर्यटकीय आवागमनमा उल्लेख्य टेवा पुग्ने विश्वास लिइएको छ । गत अक्टोबर २०१९ मा काडमाडौ—बेइजिङ् उडान थालेपछि हिमालय एअरलाइन्स्ले आक्रामक रुपमा चीनका अन्य शहरहरु गुयाङ्, चाङ्सा र सेन्जेनमा एकपछि अर्को गर्दै आफ्नो सेवा अघि बढाईसकेको छ । काठमाडौ—छोङ्छिङ् सिधा उडानबाट ब्यापारिक भिषामा ओहोरदोहर गर्ने तथा छोटो समय घुम्न हिंड्ने पर्यटकका लागि नयाँ विकल्प प्रदान गरेको छ ।

त्रिभुवन विमानस्थलमा आयोजित एक बिशेष समारोहका बीच रिबन काटेर नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टईले काठमाडौ—छोङ्छिङ् सिधा उडानको आज बिहीबार औपचारिक उद्घाटन गरेका छन् । माननीय नेपालस्थित चिनियाँ राजदूत श्रीमती होउयाङची, पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल लगायत नेपाल सरकारका उच्च सरकारी अधिकारीहरु सो अवसरमा उपस्थित भएका थिए ।

काठमाडौ—छोङ्छिङ् सिधा उडान अन्र्तगत पहिलो विमान ठडठ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बिहान ०९ः४० बजे छोङ्छिङ जियाङ्बेइ अन्र्तराष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरी स्थानीय समय अनुसार १५ः२६ बजे छोङ्छिङ चियाङ्पेइ अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । त्यसैगरी छोङ्छिङ जियाङ्बेइ अन्र्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार सोही दिन उक्त विमान अपरान्ह १७ः०० बजे काठमाडौका लागि उड्ने र नेपालको समय अनुसार साँझ १९ः१५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तय भएको छ । प्रारम्भिक प्रस्थान र दिउसो उडान र अवतरण हुँदा यात्रुहरुलाई भ्रमणका क्रममा समय व्यवस्थापन गर्न सहजता महसुस हुनेछ ।

काठमाडौ—छोङ्छिङ् सिधा उडान उद्घाटनको अवसर पारेर हिमालय एअरलाइनस्ले राजधानीको द द्वारिकाज होटलमा एक पत्रकार सम्मेलन आयोजना ग¥यो । पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्दै हिमालय एअरलाइन्सका अध्यक्ष झाउ इनयोङ्ले चिनियाँ पर्यटकहरुका लागि नयाँ बर्षको उपहार जस्तै भएको बताए ।

गत अक्टोबरमा बेइजिङ् तर्फ उडान शुरु भएपछि हिमालय एअरलाइन्स्ले ४ हजार २ सय ४२ जना भन्दा बढी चिनियाँ यात्रुलाई चीनका चार शहरबाट नेपाल ल्याइसकेको छ । अबका दिनमा यो संख्या अझै बढेर जानेछ । चीन र नेपालबाट सहज रुपमा हवाई सेवा संचालन गर्न हामी प्रतिबद्द छौँ ।”

सो अवसरमा माननीय नेपालस्थित चिनियाँ राजदूत श्रीमती होउयाङचीले हिमालय एअरलाइन्स्ले नेपाल र चीनलाई निकट बनाउन निरन्तर खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै अबका दिनमा दुई देशका जनता र संस्कृतिलाई अझ मजबुत बनाउंदै जाने बताएकी छन् ।

नेपालका पर्यटनमन्त्री माननीय योगेश भट्टराईले नेपाल र चीनको द्विपक्षिय संबन्ध विस्तारका लागि कनेक्टिभीटि महत्वपूर्ण रहेको बताए । उनले हिमालय एयरलाइन्स्को सेवा विस्तारबाट नेपाल र चीनबीचको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

हिमालय एअरलाइन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै चीन हाम्रो मुख्य पर्यटन बजार भएको र थप अर्को एउटा शहरमा हाम्रो सेवा विस्तार गर्न पाउंदा आफु हर्षित भएको बताए ।

अबका दिनमा छोङ्छिङ्बाट सिधा पर्यटक नेपाल आउन सक्नेछन् । त्यस्तै छोङ्छिङ हिमालय एयरलाइन्स्को पाँचौ गन्तब्य हुनेछ । अबका दिनमा नयाँ बिमान खरिद गरी सेवा अझ विस्तार गर्ने लक्ष्य हिमालय एयरलाइन्सको रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.