फागुन ८ गतेदेखि विज्ञान तथा प्रविधिको प्रदर्शनी हुँदै, विजेताले ४ लाख रुपैयाँ पाउने

  २०७६ माघ ९ गते १४:४९     विकासन्युज

काठमाडौं । आगामी फागुन ८ गतेदेखि विज्ञान तथा प्रविधिको प्रदर्शनी एवं महोत्सव (ग्राण्ड साइन्स फेष्टिभल २०७६) हुने भएको छ । उक्त कार्यक्रम सो दिनदेखि १० गते अर्थात ३ तीनसम्म नेपालगञ्जको सडक डिभिजन कार्यालय परिसरमा हुने आयोजकले बताएको छ ।

उक्त प्रतियोगिता नेपालगञ्जका तीन वटा संस्थाः ए वान एजुकेशन एक्स्प्रेस, धुब्रतारा एजुकेशन र ग्रेस इन्टरनेशनले आयोजना गर्न लागेकाे आयोजक समिति ग्राण्ड साइन्स फेष्टिभल २०७६ ले जानकारी दिएको छ । आयोजकका अनुसार यो एक खुल्ला प्रतियोगिता हो जसमा देशैभरिबाट युवा वैज्ञानिकहरुले आफ्नो प्रतिभा प्रदर्शनी गर्न सक्ने छन् ।

प्रदेश नं. ५ कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले वैज्ञानिक प्रतिभा प्रदर्शन गर्नेछन् । उक्त प्रतियोगितामा विज्ञान र प्रविधि विषयसँग सम्बन्धित रहेर कविता, वादविवाद र नाटकको पनि सहभागिता गराइने छ ।

त्यस्तै, प्रतियोगिताका विजेतालाई पुरस्कार राशी स्वरुप ४ लाख रुपैयाँ दिइने आयोजक समितिले जनाएको छ ।
साथै, प्रतियोगिहरुले माघ २९ गतेभित्र आफ्नो सहभागिता दर्ता गराइसक्नु पर्ने छ ।

राष्ट्रका कुनाकुनामा छरिएर रहेका वैज्ञानिक चेत र प्रतिभा भएका व्यक्तिहरुको उचित प्रोत्साहन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष आतंक बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.