कालिञ्चोक दर्शनको पाँचौ साधारण सभा, अध्यक्षमा शिवाकोटी

  २०७६ माघ ९ गते ९:५२     विकासन्युज

काठमाडौं । कालिञ्चोक दर्शनको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभाले आगामी ५ वर्षको लागि बालकृष्ण शिवाकोटीको अध्यक्षतामा निम्न बमोजिमको संचालक समितिको निर्वाचन गरेको छ ।

जसमा बालकृष्ण शिवाकोटी अध्यक्ष, मार्कण्डेय अधिकारी संचालक, ऋषिकेश गौली संचालक, रमेश राज शिवाकोटी संचालक, डिल्ली प्रसाद शिवाकोटी संचालक, गुरु प्रसाद अधिकारी संचालक र थानेश्वर बस्याल संचालकका रुपमा नियुक्त भएका छन् ।

साधारणसभाले संचालक समितिको निर्वाचनका अतिरिक्त संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलाई समेत पास गरेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडले दोलखा जिल्लाको कालिञ्चोक कुरीबाट कालिञ्चोक भगवतीको मन्दिरसम्म सजिलै आवत जावत गर्नको लागि करिब ५२ करोडको लागतमा २०७५ कार्तिक महिनाबाट केबलकार संचालनमा ल्याएको छ ।

उक्त स्थानमा केबलकारको निर्माण र संचालन पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा उल्लेख्य रुपले बृद्धि भएको छ । कम्पनीले सम्भाव्यता अध्ययनको आधारमा उपयुक्त देखिएका अन्य स्थानहरुमा पनि केबलकार संचालन गर्न सक्ने अध्ययन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.