आकर्षक डिजाइनकाे रेनो ट्राइबर सार्वजनिक, मूल्य २८ लाख २० हजार

  २०७६ माघ ८ गते १८:५८     विकासन्युज

काठमाडौं । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर-रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम गरी उक्त नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको हो ।

कम्पनीका अनुसार यसकाे मूल्य २८ लाख २० हजार रूपैयाँ ताेकिएकाे छ । रेनो ट्राइबरले बि-सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई उच्च मुल्याङकन प्रस्ताव गर्दछ । रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी जो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु छन्।

रेनो ट्राइबर आकर्षक डिजाइन भएको रुमी र मोड्युलर सुविधा सम्पन्न सवारी साधन हाे । रेनो ट्राइबर ४ ट्रिममा उपलब्ध छ – आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरु रहेका छन् । रेनो ट्राइबरको संस्करण र मुल्यमा ग्राहकहरुलाई हरेक संस्करण स्तरमा उत्तम मूल्य लाभ सुनिश्चित गर्दछ । यसले रेनो ट्राइबर स्टाइलिस, फराकिलो, आधुनिक र व्यवहारिक सुविधा सम्पन्न, अल्ट्रा मोड्युलरले सुसज्जित छ र कुल १०० भन्दा बढि विभिन्न सिट कन्फ्रिगेसनहरु छ ३० भन्दा बढि उत्कृष्ट विशेषताहरू जस्तै इजीफिक्स सिट, एसयुभी स्कीड प्लेट्स, एलइडी इन्स्टुमेनट क्लस्टर, दोस्रो र तेस्रो रो मा टुइन एसी भेन्ट, १८२ एमएम को उच्च ग्राउण्ड क्लियरेन्स र ८ इन्चको टच स्कीन मिडिया नेभिगेसन इभोलुसन प्रणालीहरु रहेको छ । यसमा नयाँ इन्धन इन्जिन : रेनो ट्राइबरमा १ लिटरको पेट्रोल इन्जिन राखिएको छ जसले प्रदर्शन र इन्धनमा एकरुपता कायम गरेर कुल मेन्टेनेन्श खर्च कम गर्ने कम्पनीले जनाएकाे छ ।

“हामी हाम्रो नयाँ गेम चेन्जर-रेनो ट्राइबर आज नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । अन्य बजारहरुमा जस्तै हामी आशावादी छौं कि यो विशाल, अल्ट्रा मोड्युलर गाडीले यो सेगमेन्टमा थुप्रै ग्राहकहरु आकर्षक गर्नेछ । यसको आकर्षक मुल्य निर्धारणका साथ गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मुल्याङकन खोज्ने ग्राहकहरुका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त छ । रेनो ट्राइबरले भारतमा एक सफल अवधारणको रुपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकहरुबीच पनि ठुलो स्वीकार्यता देखिएको छ । हामी ट्राइबर परिवारललाई बढाउदै हाम्रा अमुल्य ग्राहकहरुलाई यो परिवारमा स्वागत गर्न चाहन्छौं,” रेनो इन्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले भने ।

कम्पनीका अनुसार रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबर नेपाली ग्राहकहरुको अपेक्षाहरुको पूर्ण विशलेषण हो जसले अपराजय लचिलोपन प्रदान गर्दछ । रेनो ट्राइबर वास्तविक गेम चेन्जर हो, यसको आधुनिक, फराकिलो तर कम्प्याक्ट, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने आकर्षक इन्टेरियर र विभिन्न आधुनिक तथा व्यवहारिक विशेषता भएको गाडी हो । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ।

एडभान्स अटोमोबाइल प्रा.लि.का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, “नेपालमा रेनो ब्राण्डलाई विस्तार गर्दै हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ । रेनो ट्राइबरले कन्टेम्पोररी डिजाइन, आधुनिक विशेषता, धेरै स्पेश, रुमीनेश र भर्सटाइलिटी प्रदान गर्दछ । नेपालमा रेनो ट्राइबर भित्र्याउन पाउँदा हामी निकै खुशी छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.