मालाश्री मोटर्स टिभीएस शोरुममा नयाँ बाइक किन्नेहरूकाे भिड

  २०७६ माघ ८ गते १८:४१     विकासन्युज

काठमाडौं । मालाश्री मोटर्स टिभीएस शोरुममा नयाँ बाइक किन्ने ग्राहकको भिड लागेको छ । जगदम्बा मोटर्सले चितवनको नारायणघाट शोरुममा ‘’थामिएको जिवनको रफ्तारमा बदल्न परिवर्तन जरुरि छ” भन्ने नाराको शुरुभएको मेघा एक्सचेञ्ज माघ ५ गते देखि माघ ९ गतेसम्म संचालन भईरहेको छ ।

जगदम्बा मोटर्सले विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा मोटरसाईकल तथा स्कूटरहरु उपलब्ध गराई बिक्रिवितरण गर्दै आएको छ । पछिल्लो समय ग्राहकको सुबिधालाई ध्यानमा राखि कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल तथा स्कुटर छोडेर बदल्न तथा त्यसको लागि नयाँ बाइक तथा स्कुटर लिएर जानुस भन्ने उदेश्यले यो मेघा एक्सचेन्ज गरिएको हो ।

यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल तथा स्कुटर रोज्ने सुबिधाप्राप्त गर्नेछन् । पहिलो सुबिधा अन्तर्गत आफूसँग भएको मोटरसाईकलको बजार भ्यालुएसनमा थप १५ हजार भ्यालुएसन प्राप्त गर्ने छन्, त्यस्तै दोस्रो सुविधामा बाइक तथा स्कुटरको खरिदमा ७ हजार नगद छुट प्राप्त गर्ने छन् तेस्रो सुविधामा शुन्य प्रतिशत फाइनान्समा बाइक तथा स्कुटर प्राप्त गर्ने छन ।

यसका अतिरिक्त टिभीएस टु ह्वीलर खरिद गर्दा हेलमेटपनि उपहार स्वरूप प्राप्त गर्ने कुरा जगदम्बा मोटर्स टिभीएसका रिजनल अफिसर देबेन्द्र ढुङ्गाले जानकारी दिए । टिभीएस एन्टर्क रेस एडिसन र एक्सेल हन्ड्रेटमा माथि उल्लेखित स्किमहरु लागु हुने छैन भने यो मेघा एक्सचेन्ज अफरबाट ग्राहकलाई धेरै नै फाइदा पुगेको र भोलि अन्तिम दिनसम्म ग्राहकको भिड साथै बिक्रिको लक्ष्य पुरा गर्ने टिभीएस शोरुम नारायणगढमा रहेको मलाश्री मोटर्सका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.