मेडिसिटी अस्पतालमा पिआईसियू सञ्चालनमा, बालबालिकाको उपचारमा थप टेवा पुग्ने

  २०७६ माघ ८ गते १८:११     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको बाल सघन उपचार केन्द्र अर्थात पिआइसियुुको बुधबार उद्घाटन गरिएको छ । सातै दिन २४सै घण्टा सञ्चालनमा रहने बालबालिकाकै लागि समर्पित सघन उपचार केन्द्रको उद्घाटन अस्पतालका चिकित्सकहरुले गरेका हुन् ।

अन्तर्राष्ट्रिय उपचार मापदण्ड अनुसार पिआईसियुको धेरै महत्व भएका कारण नेपाल मेडिसिटी अस्पतालले यस किसिमको बाल सघन उपचार कक्षको सञ्चालनमा जोड दिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी गराएका छन् ।

बालरोग विशेषज्ञ चिकित्सकहरुको निगरानीमा रहि उपचार गरिने समर्पित सघन कक्षले बालबालिकाको उपचारमा थप टेवा पुग्ने अपेक्षा राखिएको बालरोग विशेषज्ञ डा. आन्या शर्माले जनाएका छन् ।

माघ ८ गते बुधबारबाट शुभारम्भ भएको पिआइसियुुमा हालका लागि १० बेडको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.