‘टिभीएस एनटर्क रेस एडिसन’ चितवनमा लन्च हुँदै, मूल्य साढे २ लाख रूपैयाँ

  २०७६ माघ ८ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपालका लागि टिभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चितवनमा ‘टिभीएस एनटर्क रेस एडिसन’ लञ्च गर्ने भएको छ । कम्पनीले माघ १० गते शुक्रबार २ बजे चितवन नारायणघाटको टिभीएस शोरुम मलाश्री मोटर्समा एक कार्यक्रमबीच उक्त स्कुटर लन्च गर्न लागेको हो ।

एनटर्क रेस एडिसनमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड लाइट अर्थात आकष्मिक बत्ति पनि छ, जसलाई रातो रङको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक्ससँगै ‘रेस एडिसन’ ले यसको रेसिङ पेडिग्रीलाई झल्काउने कम्पनीले जानकारी दिएकाे छ ।

सो स्कुटर विभिन्न तीन कलर अप्सनमा उपलब्ध छ । यसको मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा स्मार्ट एक्सकनेक्टद्वारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.