रेमिट्लि र जिएमइ रेमिटबीच विप्रेषण सम्झौता

  २०७६ माघ ८ गते १७:३२     विकासन्युज

काठमाडौं । रेमिट्लि र जिएमइ रेमिट प्रा.लिबीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा रेमिट्लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याटहिउँ ओपेनहाइमर र जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात माघ ८ गतेदेखि रेमिट्लि मार्फत विश्व भरीबाट पठाएको रकम जिएमइ रेमिटको ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जिएमइ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापानलगाएत खाडि मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.