वैदेशिक रोजगारको समय अवधिमा नेपालमै मृत्यु भए परिवारलाई ७ लाख सहयोग

  २०७६ माघ ८ गते १७:२०     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपाली युवाको श्रम स्विकृति अवधिमा नृेपालमै मृत्यु हुन गएमा परिवारलाई ७ लाख रुपैयाँ सहायता दिने भएकाे छ । बिदामा नेपाल हुँदा जस्तो सुकै अवस्थामा मृत्यु भएको भेटिएका मृतकका परिवारलाई सरकारले आर्थिक सहायता रकम स्वरुप ७ लाख दिने निर्णय गरेको हो ।

हालसम्म वैदेशिक रोजगारीको क्रममा विरामी भई स्वदेश आएका तथा उपचारको क्रममा मृत्यु हुनेलाई सो रकम दिइने छ । अहिलेसम्म १ सय १४ श्रमिकको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जानकारी गराउँनुको साथै सबै मृतक परिवारसामु सहायता रकम पुर्याउने निर्णय गरेको छ । त्यहाँ अन्य विविध कारण नेपाल आएको समयमा २ सय १ जनाको मृत्यु भएको बोर्डले जनाएको छ ।

बोर्डमा निवेदन दर्ता गरेका सबै मृतकका परिवारसामु सहायता रकम प्रदान गर्ने भएको छ । पछिल्लो समय ५० देखि ६० जनालाई बोर्डले सहायता रकम प्रदान गरेको छ । २०७४ मा वैदेशिक रोजगार ऐन संशोधन भएसँगै मृतकका परिवारलाई ७ लाख रुपैयाँ दिने भएको हो । यस अगाडी ३ लाख रुपैयाँ सहायता रकम बोर्ड मृतकका परिवारलाई दिँदै आएको थियो ।

वैदेशिक रोजगारमा गएका विरामी भएर तथा बिदामा नेपाल आएका जम्मा ३ सय १५ जना मध्ये अझै २ सय ९० जना मृतकका परिवारलाई ७ लाख रुपैयाँको दरले सहायता रकम प्रदान गर्ने भएको छ । आर्थिक सहायता रकम बराबर वैदेशिक रोजगार बोर्डले करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । त्यस्तै हालसम्म साढे ६ करोड रुपैयाँ १ सय १२ मृतकका परिवारलाई प्रदान गर्न व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.