साँखु मालपोत कार्यालयका नायव सुब्बा रंगेहात पक्राउ

  २०७६ माघ ८ गते १७:०९     विकासन्युज

काठमाडौं । साँखु मालपोत कार्यालयका नायव सुब्बा रामेश्वर कुईकेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले उनलाई लेखापढी व्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे बापत घुस लिदैं गर्दा रंगेहात पक्राउ गरेको हो ।

उक्त टोलीले निज नायव सुब्बा कुईकेल र लेखापढी व्यवसायी सापकोटा दुबैलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हाे ।

नायब सुब्बा कुईकेलले लेखापढी व्यवसायी सापकोटासँग घुस माग गरी लिइसकेको अवस्थामा निजबाट रकम बरामद भएको अनुसन्धानले बताएको छ । त्यस्तै, लेखापढी व्यवसायी सापकोटाले घुस माग गर्ने नायब सुब्बा रामेश्वर कुईकेललाई घुस दिइसकेको अवस्थामा निजलाई नियन्त्रणमा लिएको हो ।

त्यसैले, कुईकेल र सापकोटाले भ्रष्टाचार निवारण ऐन अनुसार कसुर अपराध गरेको देखिएकाले दुबैलाई ५५ हजार रुपैयाँ बिगो सहित बुधबार काठमाडौंको विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.