तीन सुगर मिल्सको बैंक खाता रोक्का, कृषकलाई रकम भुक्तानी गर्न बाहेकका काम गर्न नपाउने

  २०७६ माघ ८ गते १६:४०     विकासन्युज

काठमाडाैं । सरकारले तीन वटा सुगर मिल्सको  बैंक खाता रोक्का गरेको छ । बुधबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उखु किसानको रकम भुक्तानी नगर्ने तीन सुगर मिल्सको  बैंक खातामा काराेबार गर्न रोक्का गरेको  हो । उनीहरू सम्पर्कमा नआएका कारण काराेबार राेक्का गरेकाे बताइएकाे छ ।

सरकारले अन्नपूर्ण,इन्दिरा र लुम्बिनी सुगर मिल्सको कारोबार रोकेको हो । उनीहरुके कारोबार रोक्का गर्न आन्तरिक राजस्वलाई पत्र काटि सकेको बताइएको छ । सम्पर्कमा नआएका मिल्सहरु सम्पर्कमा लाइदिन गृहमन्त्रालयलाई पत्रसमेत पठाउने भएको छ । उनीहरूले बैंककाे खाताबाट किसानलाई रकम भुक्तानी गर्न बाहेका काम गर्न नपाउने जनाइएकाे छ ।

मन्त्रालयले उनीहरुको कारोबार रोक्का गर्न बैंकलाई समेत पत्र पठाइ सकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको बताए ।

अझै ४२ करोड किसानको बक्यौता रहेको पाइएपछि मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको जनाइएको छ । यस्तै नवलपरासीमा रहेको लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

मन्त्रालयकाअनुसार महालक्ष्मी चिनी मिलले २१ करोड ४० लाख, एभरेष्टले झण्डै ८ करोड, बाग्मती खाँडसारीले ८ करोड ४१ लाख रकम भुक्तानी गर्न बाँकी छ ।

अन्नपूर्ण सुगर मिल्सले ४२ कराेड रकम बक्याैता गर्नु पर्नेमा हालसम्म ३ कराेड ९० लाख भुक्तानी गरेकाे छ । इन्दिरा सुगर मिल्सले ७४ लाख भुक्तानी गर्न बाँकी छ भने एभरेष्टले करिब ८ अर्ब भुक्तान गर्नु पर्ने थियाे । यसले बैंक तथा खाता उपलब्ध नभएका किसानकाे मात्र बाँकी रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.