पर्यटकलाई लक्षित गर्दै खप्तडमा दुई आवास गृह बन्दै, निमार्णका लागि टेण्डरसमेत आव्हान

  २०७६ माघ ८ गते १३:१५     विकासन्युज

काठमाडाैं । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा सुविधा सम्पन्न दुई वटा पर्यटक आवास गृह निर्माण हुने भएका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा जाने पर्यटकका लागि दुई आवास गृह निमार्ण प्रक्रिया थालिएको छ।

पर्यटकको खाना वस्नका लागि आवास गृह निर्माणको प्रक्रिया थालिएको हाे । पर्यटन बोर्डले आवास गृह निर्माणका लागि ५ करोड रुपैयाँ छुट्याएको छ । खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले १ सय २५ बेडका दुई वटा आवास गृह निर्माण गर्ने निकुञ्जका रेञ्जर सुनिल बोहराले बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई वटा आवास गृह निमार्णको कार्य थालिएको उनले बताए । ती दुई वटा आवास गृह सुविधा सम्मपन्न र अन्य भौतिक संरचनासहित हुने छन् । बोहराले आगामी असोज/कात्तिकसम्म आवास गृहको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकाे उनकाे भनाइ छ ।

खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार खप्तड क्षेत्रमा एक सय बेडको आवास गृह बन्नेछ भने खप्तड क्षेत्रमा जाने बिचपानीमा २५ बेडको आवास गृह बनाउने गरी कार्य भइरहेको छ । दुई वटै आवास गृहका लागि ५ करोड लागत लाग्ने जनाइएको छ ।

आवासगृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बोहराले बताए । पछिल्लो समयमा खप्तड क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटकलाई सुविधा पु¥याउने उद्देश्यले उक्त दुई वटा भवन निर्माण गरिन लागिएको हो ।

खप्तड राष्ट्रिय निकुञ्जभित्र खाने बस्ने राम्रो व्यवस्था नभएकोले राम्रो व्यवस्थापन चाहने मानिसहरु सामान बोकाउनको लागि खच्चडको प्रयोग गर्दै आएका छन् ।

सरकारले वि.सं. २०४३ सालमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएको हो । पूर्वाधार नबनेको खप्तड राष्ट्रिय निकुञ्ज पुग्नका लागि बझाङको लामातोला वा डोटीको झिंग्रानाबाट जान सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.