यूनाईटेड मोदी हाइड्रोको अध्यक्षमा नरेन्द्र वल्लभ पन्त, सञ्चालकमा तिमिल्सिना नियुक्त

  २०७६ माघ ८ गते १३:०८     विकासन्युज

काठमाडौं । यूनाईटेड मोदी हाइड्रो पावरको अध्यक्षमा नरेन्द्र वल्लभ पन्त नियुक्त भएका छन् । माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष पन्तले यसअघि सोही हाइड्रोमा निर्देशकको रुपमा काम गरेका थिए । हाइड्रो क्षेत्रमा १० वर्ष बिताएका उनले सो क्षेत्रमा राम्रो अनुभव बटुलिसकेका छन् । उनी अहिले २५ मेगावटको सिंगटी हाईड्रो इनर्जीमा निर्देशक र तक्सार फिकुवा खोला हाइड्रो प्रालिमा महाप्रबन्धकको रुपमा कार्यरत छन् ।

साथै, उनले ओम देव प्लाजा र देव लिजिङ कम्पनीमा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ)को कार्यभार सम्हालेका थिए । माउन्टेन स्टेटमा अर्गनाइजेसनल लिडरसीप अध्ययन गरेका अध्यक्ष पन्तले कम्प्लेक्स डेभलपर्स लिजर्स एसोशियसन(मल एसोशियसन नेपाल)मा कोषाध्यक्ष भई काम गरेका छन् ।

त्यस्तै, सोही दिन बसेको संस्थाकाे बैठकले सुधीर प्रसाद तिमिल्सिनालाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको छ । नियुक्तीसँगै अध्यक्ष पन्त र सञ्चालक तिमिल्सिनाले एक कार्यकालको जिम्मेवार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.