चालक अनुमति पत्र बनाइदिन्छु भनी पैसा लिने दुई गिरोह पक्राउ

  २०७६ माघ ८ गते ९:४०     विकासन्युज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र बनाईदिन्छु भनि पैसा लिने दुई व्यक्तिलाई पक्राउ गरेको छ । बाजुरा घर भइ हाल ठूलोभर्याङ बस्ने मान बहादुर रोकाया र धादिङ घर हाल स्वयम्भु बस्ने गणेश गुरुङलाई महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय स्वयम्भुबाट पक्राउ गरेको हो ।

सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा पास गराईदिने भनि २ हजार लिने ती व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.