पद्म ज्याेति र रूप ज्याेतिबीच अंशबण्डा, चुनावको मुखमा हिमालयन बैंककाे साढे २४ कराेडकाे सेयर बिक्री

  २०७६ माघ ७ गते १६:३१     विकासन्युज

काठमाडौं । निर्वाचनको मिति घोषणा भएकै दिन हिमालयन बैंकका प्रमोटरले प्रमोटर सेयर बेचेका छन् । २७ वर्ष लामो इतिहास भएको हिमालयन बैंकमा को सञ्चालक बन्ने भन्ने प्रतिस्पर्धामा पहिलो पटक प्रवर्द्धकबीच निर्वाचन हुँदैछ ।

बैंकले मंगलबार नै सूचना प्रकाशित गरि माघ २९ गते ५ जना सञ्चालक छनौटका लागि चुनाव हुने जानकारी गराएको छ । यसरी निर्वाचन सम्बन्धि सूचना आएकै दिन २४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार मंगलबार हिमालयन बैंकको ८ लाख ४३ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ । क्रियटिभ सेक्युरिटीबाट ४ लाख २१ हजार ७५४ कित्ता सेयर बिक्री भएको छ भने साउथ एशिया बुलबाट ४ लाख २१ हजार ७५३ कित्ता सेयर बिक्री भएको छ । दुबै कम्पनीले मिलेर सेयर किनबेच गरेका छन् ।

क्रियटिभ सेक्युरिटी मार्फत बिक्री भएको सेयर साउथ एशिया बुल मार्फत खरिद भएको छ भने साउथ एशिया बुलबाट बिक्री भएको सेयर क्रियाटिभ सेक्युरिटीमार्फत खरिद भएको छ । सबै सेयर प्रतिकित्ता २९० रुपैयाँका दरले किनबेच भएको छ ।

स्राेतका अनुसार पद्म ज्याेति र रूप ज्याेतिबीच अंश बण्डाका कारण उक्त सेयर किनबेच भएकाे हाे । स्याकार ट्रेडिङ कम्पनीकाे नाममा भएकाे ८ लाख ४३ हजार ५०७ कित्ता सेयर भागबण्डा गर्नुपर्ने भएकाेले बराबर (४ लाख २१ हजार ७५३ र ४ लाख २१ हजार ७५४) कित्ता गरी दुई टुक्रा बनाइएकाे हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.