कृषि विकास बैंकको वार्षिकोत्सवमा अभिनन्दित भएका यी आठ कर्मचारी, जसले बैंकलाई यो अवस्थासम्म पुर्याए

  २०७६ माघ ७ गते १३:४६     विकासन्युज

काठमाडौं । संस्थाको भौतिक विकासका लागि कर्मचारी भूमिका अतुलनीय हुन्छ । यस्तै अतुलनीय योगदान गरेवापत आफ्ना पुराना कर्मचारीहरुलाई मंगलबार कृषि विकास बैंकले आठ जना पूर्व कर्मचारीलाई अभिनन्दन गर्यो ।

स्थापना कालदेखि काम गरेका ती कर्मचारीहरुलाई बैंकले आफ्नो ५३औं वार्षिकोत्सव कार्यक्रममा अभिनन्दन गरेको हो । ती कर्मचारीहरुले कृषि विकास बैंकको स्थापनाकालदेखि योगदान पुर्याएवापत वार्षिकोत्सव  कार्यक्रममा अभिनन्दित भए ।

कार्यक्रममा अभिनन्दित भएका कर्मचारीहरुमा बैंकका पूर्व कार्यकारी अध्यक्ष तथा महाप्रवन्धक श्रीकृष्ण उपाध्याय, पूर्व उपमहाप्रबन्धक शंकरमान श्रेष्ठ, पूर्व उपमहाप्रबन्धक पशुपति मिश्र रहेका छन् । यस्तै, बैंकका पूर्व विभागीय प्रमुख चन्द्रमान प्रधान, मुकुन्द बहादुर बिष्ट, नरेन्द्र केसी, पूर्व शाखा प्रमुख गीता मिश्र र विजय मल्ल रहेका छन् ।

उनीहरु उमेरले वृद्ध भएपनि लौरो टेक्दै कार्यक्रममा उपस्थित थिए । सम्मानित हुने बैंकका पूर्व कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक श्रीकृष्ण उपाध्यायले वि.स २०२१ सालमा प्रवेश गरेको बताउँदै त्यो अवस्थाबाट बैंक अहिले धेरै माथि पुगिसकेको बताए ।

बैंकको ऐन बनाउनेदेखि आफू सक्रिय रुपमा अघि बढेको बताउँदै कृषि विकास बैंकले सदैव नागरिकको हितका लागि काम गर्ने बताए । बैंकले वार्षिकाेत्सवमा २५ र २० वर्ष काम गर्ने कर्मचारीलाई पनि सम्मान गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.