यामाहा सलुटोको खरिदमा ३२ इन्चको भिडियोकन टिभी

  २०७६ माघ ७ गते १५:२७     विकासन्युज

काठमाडाैं । विवाहको मौसमलाई लक्षित गरी नेपालका लागि यामाहा टू ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना ल्याएकाे छ ।

‘दाम्पत्य जीवनको शुरुवात्, यामाहा स्यालुटोको साथ’ शीर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तीहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरुमाझ थप खुशी र हर्ष ल्याउने अपेक्षा उक्त इन्टरप्राइजेजले लिएको छ ।

यो योजना अन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआर भी २।० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडि टिभी पाउनेछन् ।

उक्त याेजनाले नवविवाहित दम्पत्ति मात्र होइन भर्खरै पारिवारिक सम्बन्धमा जोडिएकाहरुलाइ उल्लासमय बनाउने  यामाहाका मार्केटिङ हेड विक्रम पौडेलले बताए ।  साथै, यस याेजनाअनुसार सलुटो वा एसजी आरआर किन्दा उपहारमा टिभी पाउने छन् । यो योजना माघ ५ गतेदेखि नेपालभर रहेका सबै यामाहा डिलरहरुमा लागु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.