अब विकास बैंक पनि आरटीजीएस प्रणालीमा, ५ वटाले गरे एनसीएचएलसँग सम्झौता

  २०७६ माघ ६ गते १८:२२     विकासन्युज

काठमाडौं । अब विकास बैंकहरु पनि नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा जाने भएका छन् । उक्त प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले विकास बैंकहरुलाई आरटीजीएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्ने भएको हो ।

यससँगै एनसीएचएलले मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग छुट्टा छुट्टै सम्झौता गरेको छ । उक्त सम्झौता अनुरुप, एनसीएचएलले बैंकहरुलाई आरटीजीएस प्रणाली मार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक आरटीजीएस इन्टिग्रेसन मिडिलवेर, कनेक्ट आरटीजीएस उपलब्ध गराउने भएको छ ।

विकास बैंकहरुसँगको यस सम्झौतासँगै एनसीएचएलले नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणालीको प्रभावकारिता बढाउन विशेष सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कनेक्ट आरटीजीएस प्रणाली पहिलो चरणमा अधिकांश ’क’वर्गका वाणिज्य बैंकहरुमा सफलतापूर्वक कार्यान्वयनमा आईसकेको छ र अब नेपाल राष्ट्र बैंकसंग आरटीजीएस प्रणालीको लागी डाईरेक्ट मेम्बरको रुपमा सम्झौतागरी सकेका ’ख’ तथा ’ग’ वर्गका वित्तीय संस्थाहरुको लागी पनि उपलब्ध गराइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.