पर्यटन बाेर्डकाे सीईओका लागि तीन जनाकाे नाम सिफारिस, सर्टलिस्टमा अटाएनन् जाेशी

  २०७६ माघ ६ गते १४:३२     विकासन्युज

काठमाडाैं  । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस गरिएकाे छ । बोर्डको सीईओ छनोट समितिले तीन जनाको नाम सिफारिस गरेकाे बताइएकाे छ ।

सीईओकाे लागि धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐरको नाम पठाएकाे बताइएकाे हाे । बाेर्डकाे स सीईओ नियुक्तीका लागि भाेली बैठक बाेलाइएकाे छ ।

सर्टलिस्टमा निवर्तमान सीईओ दिपक राज जाेशीकाे नाम अटाएन ।  कूल १७ आवेदनमध्ये प्रारम्भिक ९ जनाको नाम छनोट भएको थियो । ती तीन जनाबाट बोर्डले एक जनालाई सीइओका रुपमा छनोट गर्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.